ब्राउन सुगर खाँदै गरेका वडाअध्यक्ष रंगेहात पक्राउ

बाँके ः बाँकेमा एक वडाअध्यक्ष लागुऔषध प्रयोग गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामचरण थारुलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

वडाअध्यक्षसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार ब्राउन सुगर खाने तयारी गरिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

ुब्राउन सुगर खाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको होु, उनले भने, ुउहाँका बारेमा पहिलेदेखि नै कम्प्लेन थियो ।ु पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।





error: Content is protected !!