जाजरकोट भुकम्पको उच्च जोखिममा

जाजरकोट , २ माघ ः जाजरकोट भुकम्पको उच्च जोखिममा रहेको औल्याएको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले जाजरकोट पहाडि क्षेत्र भएकाले र जिल्लामा निर्माण भइरहेका अधिकाँश संरचना भुकम्प मापदण्ड विपरित रहेकाले यस क्षेत्रका संरचना भुकम्पको जोखिममा रहेको बताए ।
\‘भुकम्प’ पुर्व सूचना दिएर नआउने भएकाले अहिले देखी नै नयाँ बन्ने संरचना बलियो बनाउनु पर्ने कार्कीको भनाइ छ । उहाँले सन् १३११ देखि १९९० सालमा महाँ भुकम्प गएको बताउदै ६० देखि १०० बर्षको बिचमा भुकम्प आउने गरेको छ, कार्कीले भन्नु भयो । २०५५ साल देखि नेपालमा भुकम्प दिवस मनाउने गरेको भन्दै यसलाई अँझ सबैमाझ लैजानु आबश्यक रहेको उहाँको भनाइ थियो । पश्चिम नेपालमा ठुलो भुकम्प नआएको जानकारी दिदै, आएमा ठुलो क्षेति गर्ने समेत बताए ।
प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाले भूकम्पीय सचेतना सुरक्षित संरचना निर्माणमा सबैले जोड दिनु पर्ने बताए । जाजरकोट जिल्ला पहाडि क्षेत्र बढी भएकाले भुकम्प जुनसुकै बेला आउन सक्ने भएकाले सबैले सावधानी अपनाउन आग्रह गरे । ‘हामीले भुकम्पलाई रोक्न सक्दैनौं’ प्रमुख जिल्ला अधिकारी देवकोटाले भन्नु भयो, ‘भुकम्पबाट सुरक्षित रहन पुर्वाधार निर्माणमा ध्यानदिनु पर्छ ।’
भौतिक संरचना र पुर्वाधार निर्माण गर्दा हामीले ध्यान दिदाँ भोलीका हाम्रा सन्ततीले भुकम्पबाट क्षति व्येहोर्न नपर्ने देवकोटाले बताए । खानेपानी उर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वाला राज शाहीले जाजरकोट जिल्लामा भवन निर्माण गर्दा भवन निर्माण आचार सहिंतालाई पालना गरी भवन निर्माण गर्नु पर्ने बताए ।
जाजरकोट प्रहरी प्रमुख मधुकमार थापाले भुकम्पबाट सुरक्षित रहन भुकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्न सुझाव दिए । भुकम्पले मार्दैन तर हामीले निर्माण गरेको भौतिक संरचनाले ज्यान लिने गरेको थापाले उल्लेख गरे प्रवाहमा खवर छ ।



