गर्भवतीको उद्धार

डोल्पा , २० पुस ः सुत्केरी हुन नसकेर समस्यामा परेकी जगदुल्ला गाउँपालिका २ काइगाउँकी १९ बर्षीया पुतली रोकायको उद्धार गरि प्रदेश अस्पतालमा ल्याइएको छ ।

पुस १८ गते सुत्केरी बेथा लागेर सुत्केरी हुन नसकेपछि नेपाली सेनाको पश्चिम कमाण्ड हवाइ कार्यालयबाट गएको सेनाको हेलिकोप्टरले रोकायलाइ उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । राष्टपति उद्धार कोष मार्फत रोकायको उद्धार भएको हो ।





error: Content is protected !!