कोठामा कोइला र हिटरको प्रयोग गर्दै हुनुहुन्छ ः यसरी अपनाउनु होस् सावधानी


यस्तै, काठमाडौं, बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलको बाथरुममा सोमबार ग्यास गिजरमार्फत् पानी तताएर नुहाउन गएका १८ वर्षीय विद्यार्थी सुशील सहनीको ज्यान गयो । नुहाउन छिरेका उनी धेरै बेरसम्म बाहिर ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । उपचारका लागि तत्काल लगिए पनि अस्पताल पुगेलगत्तै डाक्टरले मृत घोषणा गरे । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । चिसोबाट बच्न हिटर, कोइला, गिजर प्रयोग गर्दा सावधानी नअपनाएमा ज्यानै जान सक्छ भन्ने कुरा यी घटनाबाट पनि प्रमाणित हुन्छ ।
देशका विभिन्न भागमा बर्षासहित हिमपात हुँदा चिसो अत्याधिक बढेको छ । चिसोबाट बच्न कोठा तताउन प्रयोग गरिने हिटर, कोइला लगायतले ज्यानै जान सक्ने हुँदा सावधानी अपनाउन विशेषज्ञहरुले आग्रह गरेका छन् । छाती रोग विशेषज्ञ डा। निरज बमका अनुसार हिटर, गिजर प्रयोग गर्दा वा कोइला बालेर सुत्दा अक्सिजनको खपत बढी हुनुका साथै कार्वन मोनोअक्साइड ग्याँसको मात्रा बढ्छ । भेन्टिलेशन नभएको गुम्म परेको कोठामा हावाको ओहोरदोहोर हुन नपाउँदा रङ र गन्धहीन कार्बन मोनोअक्साइडले मानिसको मृत्यु हुन सक्छ ।
डा। बमका अनुसार कार्वनमोनोअक्साइड श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्छ भने फोक्सोबाट रगतको नलीमा पुग्छ, जुन रक्तकोशिकामा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । रक्तसञ्चारमार्फत मस्तिकमा पुग्नुका साथै शरीरको पुरै अंगमा त्यही ग्याँस पुग्छ । कार्बन मोनोअक्साइड रक्त सञ्चारमार्फत टाउकोमा पुग्दा टाउको दुख्ने, बान्ता आउला जस्तो हुन्छ । त्यो अवस्थामा थाहा नपाएको खण्डमा मान्छे अर्धचेत अवस्थामा पुग्छ । त्यसबेला मुटुको गतिमा परिवर्तन आउँछ र कार्बन मोनोअक्साइडको पोइजनिङ भएर मानिसको मृत्यु हुन्छ ।
हिटरको प्रयोग गर्दा कस्तो कुरामा ध्यान दिने ?
–चलिरहेको हिटरलाई समय समयमा बन्द गरिरहनुपर्छ ।
–राती सुत्नुभन्दा पहिला हिटरलाई बन्द गरेर मात्रै सुत्नुपर्छ ।
–हिटर बालेको समयमा ढोका र झ्याल खुला राख्नुपर्छ ।
–ग्याँसबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालको सामग्री राख्न हुँदैन ।
–श्वासप्रश्वास, मुटु, नियमित खोकी लाग्ने व्यक्तिले सकेसम्म हिटरको प्रयोग नगर्ने ।
–लामो समयसम्म हिटरको प्रयोग गर्दा छाला, आँखालाई समेत सुख्खा बनाउँछ ।
–धेरै हिटर ताप्दा छालामा समस्या देखिने भएकाले छालामा नियमित चिल्लो पदार्थ लगाउनुपर्छ ।



