अन्तरविरोधमा आत्मसमीक्षा

शक्ति बस्नेत
मुलुक महाधिवेशनको सरगर्मीमा छ। अन्य पार्टीका राजनीतिक विचार र संगठनात्मक मूल्य एवं मान्यताको हिसाबले हाम्रो संकल्प र प्रतिवद्धता फरक छ। वास्तविकतालार्ई सम्मेलनमार्फत व्यावहारिक रूपमा सन्देश प्रवाह गर्न चाहन्छौं र गर्छौं पनि। कुनै पनि पार्टी भनेको उन्नत उत्कृष्ट नेताहरूको जमघट हो। नेता भनेका पार्टीका पुँजी पनि हुन्। देशका बारेमा पार्टीले के गर्ने भन्ने पार्टीको विचार र धारणामा भर पर्छ। पार्टीको आदर्श र मूल्य के हो ? त्यो विचारले निर्धारण गर्छ। के गर्ने भन्ने कार्यक्रमले निर्धारण गर्छ। कसले गर्ने भन्ने कुरा मात्र पार्टीमा आइपुग्छ। पार्टीको सम्मेलनमा हामी देशको अवस्था, स्थिति, सम्भावना र समस्या अनि जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा चिन्तन र मनन गर्नेछौं। विचारको मन्थन गर्नेछौं।
माओवादी नीतिमा माओवादीले इन्जिनियर गरेको कोर्समा देश अगाडि बढेको छ। तर, यो नीतिको कोर्स कार्यान्वयन गर्ने जिम्मेवारी अरू राजनीतिक पार्टीको हातमा छ। ‘नेतृत्व अरूको ः नीति माओवादी’को आज यो देशले व्यहोरेको अन्तरविरोधको अवस्था यही हो। हामी यो अवस्था किन आयो रु यसको गहिरो समीक्षा गर्नेछौं। हामी कहाँ चुक्यौं, यो परिस्थिति कसरी निर्माण भयो रु यही कुरामा गहिरो समीक्षा गर्नेछौं। अब कसरी जान सकिन्छ रु भनेर यो अन्तरविरोध पूर्ण अवस्थाको समाधान के हुन्छ रु छलफल गर्नेछौं। हाम्रा सवल पक्ष के हुन् रु प्रचलित मूल्यमान्यतामा विकास गर्नुपर्ने छ कि सुधार गर्नुपर्ने कुरा छन् रु अथवा, हामीले राम्रो गरेको कुरा पनि जनतालार्ई बुझाउन सकेका छैनौं कि रु यस्ता विषयमा स्पष्ट चित्र तयार पार्नेछौं। निक्र्यौल गरेर अगाडि बढनेछौं।
माओवादीले नेपाली समाजलाई सही बाटोमा हिँडाउने दिशानिर्देश गरेको थियो। तर त्यस विषयमा जुन तहको छलफल र विमर्श हुनुपथ्र्यो, त्यो भने हुन सकेको छैन।
यसो गर्न सकियो भने अहिले मुलुकले बेहोरेको नीति र नेतृत्वको अन्तरविरोधको अवस्थालाई समाधान गर्नेछौं। माओवादी पार्टीलाई पुनः एक पटक राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा पुनःस्थापित गर्नेछौं। त्यो नै साँचो अर्थमा परिवर्तनको प्रत्याभूति मुलुकले पाउने छ। जुन आजको मुलुकको आवश्यकता हो। जनताले परिवर्तनको अर्थबोध गर्न पाउनेछन्। प्रचण्डपथलाई पछाडि फर्काउन पनि समीक्षा र विश्लेषण गर्नेछौं। प्रष्ट छौं कि नेपालमा पँुजीवादी जनवादी क्रान्ति भयो। जनयुद्ध जनआन्दोलनबाट क्रमशः शान्ति प्रक्रिया, शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रमा आएका छौं। यो राजनीतिक कोर्स सबै माओवादीको इन्जिनियर हो। यो उसले अवलम्बन गरेको वैचारिक मार्ग दर्शन हो।
मौलिक बोलीविचार र मान्यता स्थापित गरेका थियौं। हामीले केही नयाँ आजको यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि माओवादीकै अवधारणा हो, प्रचण्डपथ। प्रचण्डपथ कै रूपमा त्यसलाई निरन्तर दिनुपथ्र्यो कि पर्दैनथ्यो रु त्यो अर्को कुरा हो। हामीले भने एउटा गल्ती गरेका छौं। हामी जुन मूल्यद्धारा निर्देशित भएका थियौं। त्यो मूल्यको महŒवलाई सहज ढंगले स्थापित गर्न सकेनौं। जनताको संघर्षबाट प्राप्त भएका केही मूल्य थिए। जसले नेपाली समाजलाई कुन बाटोमा हिँडाउने दिशानिर्देश गरेको थियो। त्यो विषयमा जुन तहको छलफल र विमर्श हुनुपथ्र्यो त्यो हुन सकेन। जनयुद्ध र जनआन्दोलनको तालमेलसहित नेपाली समाज आजको अवस्थामा आइपुग्यो। हामी एमालेको एकताको पनि समीक्षा गर्छौं। यदि हामीले २०६३–६४ सालमा विचार–विमर्श चाहिएको थियो। त्यसबेला सही ढंगले गरेर विचार–विमर्श गरी निष्कर्षमा पुगेको भए संविधान सभाबाट संविधान निर्माण गर्ने कुरामा बहस गर्न सकिन्थ्यो। यस्तै लोकतान्त्रिक आन्दोलनलाई पूर्णता दिने कुरा पनि जनवादी क्रान्तिलाई संविधान सभामार्फत पूर्णता दिने कुरा टुंगोमा पुर्याउन पनि बहस गर्न सकिन्थ्यो। संविधान सभाबाट संविधान बनाउने कि नबनाउने बहस पनि सार्थक निष्कर्षमा नपुग्न सक्थ्यो। यी सबै पाटामा छलफल समीक्षा गर्नेछौं।
पार्टीमा प्रचण्डपथ नै बन्नुपर्छ भन्ने पनि होइन। एउटा कुरा के भने आज हामी नेपाली समाज परिवर्तनको जुन विधि अवलम्बन गरेका छौं। त्यो दुनियाँमा अरू मुलुकले प्रयोग गरेको विधिभन्दा नितान्त फरक छ। कम्युनिष्ट पार्टी दुईवटा मोडलमा देखिए। एउटा पुँजीवादी पार्टीहरूको नेतृत्वमा पुँजीवादी क्रान्तिहरू सम्पन्न भए। अर्को कम्युनिष्ट नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भए। हाम्रो जस्तो देशमा के भयो भने कम्युनिष्ट पार्टी र अन्य पार्टीको पुँजीवादी पार्टीसँग सहकार्यमा आन्दोलनमा भयो। अन्ततः क्रान्तिको प्रक्रियाले पूर्णता पायो। यो संसारमा हेर्दा नौलो प्रयोग नै हो। संघर्षका रूपले हेर्ने हो भने जनयुद्ध जनआन्दोलनको प्रयोग गर्यौं। संविधान सभालाई संघर्षको मोर्चाको रूपमा प्रयोग गर्यौं। यो नेपाली विशेषता हो। सहिदको यो क्रान्तिबारेमा गहिरो समीक्षा र मूल्यांकन गरेर वर्तमानको आवश्यकताको सही ढंगले पहिचान गर्न सक्छौं।
हामीले अहिले नै प्रचण्डपथ ल्याउन खोज्यौं भन्ने कुरा होइन। फेरि प्रचण्डपथ नै भन्न खोजेको पनि होइन। नेपाली विशेषता र मौलिकतासहित पँुजीवादी जनवादी क्रान्ति सम्पन्न गर्यौं। त्यसको एउटा तार्किक निष्कर्ष निकाल्न त जरुरी छ। कुन शब्दावली कसरी राख्ने नेपाली विशेषताको लोकतन्त्र भन्ने कि जनवाद भन्ने रु यो सबै कम्युनिष्ट पार्टीका बीचमा छलफल गर्ने कुरा हो। राजनीति भनेको पार्टीले गर्ने काम के हो रु भन्ने कुरा हो। संगठनका बारेमा पनि सम्मेलनमा केही न केही त गर्नै पर्छ। संगठनको संरचना नयाँ बनाउँछौं। आजको प्रतिष्पर्धात्मक राजनीति र राज्य व्यवस्थाको रूपमा पार्टीको संरचनास्वरूप वैचारिक आधार कस्तो हुनपर्छ रु संगठन कस्तो र कसरी निर्माण गर्नुपर्छ रु वास्तविक लोकतन्त्र कस्तो हुन सक्छ रु हरेक पार्टीमा प्रयोग गर्ने आन्तरिक लोकतन्त्र जनवादको प्रणाली स्वरूप कस्तो हुन्छ रु कमिटी कसरी निर्वाचित गर्ने रु आदि सबै विधि बनाउँछौं।
यी विविध विषय वास्तविक लोकतन्त्रमा आधारित होस् भन्ने हामी चाहन्छौं। पार्टीका संगठन, सामाजिक सामुदायिक नेता र कार्यकर्ता बीचको सम्बन्धको कस्तो हुनपर्छ। यी केही सैद्धान्तिक महŒवका सवाल छन्। यसलाई पनि उत्तरित गर्यौं भने मात्र हामी कमिटीमा आउँछौं। यी सबै काम सकेपछि मात्र केन्द्रीय समिति निर्माण गर्छौं। हामी प्यानलमा जान्नौं। सहमतिमा वा सर्वसम्मतमा जान्छौं। जबरजस्ती निर्विरोध सर्वसम्मत् भन्ने पनि होइन। कुनै पनि ढोका बन्द गर्दैनौं। हामी राष्ट्रिय सम्मेलनलाई सार्वभौम अंग मानेर निर्वाचित गर्ने विधि प्रक्रिया मानेर अघि बढ्छौं। तर अहिले नै मैले यो भन्न नमिल्ला, राष्ट्रिय सम्मेलनले गर्ने निर्णय हो।
स्थायी समितिले १५ जनाको कमिटी बनाउने प्रस्ताव गरे पनि राष्ट्रिय सम्मेलनले केही फरक गर्न सक्छ। सम्मेलनको ढोकाभित्र पस्ने बेलामा अहिले नै यो भन्ने छैन। उम्मेदवारी घोषणा गर्ने हतार नगर्न भनेका छौं। प्यानलको चुनावतिर जब जान्छ, ठिक र बेठिक छुट्याउने कुराको अन्त्य हुन्छ। त्यसैले केन्द्रीय समिति निर्माण गर्दा देशभरबाट जम्मा भएका प्रतिनिधिले विवेक प्रयोग गरुन् भन्ने चाहना हो। नयाँ अनुहार उल्लेख्य मात्रामा आउँछन्। नयाँ पनि छन् है भनेर एउटा दुईवटा देखाउने मात्र होइन, उल्लेखनीय मात्रामा आउँछन्। युवा नेतृत्वलाई मनोभावनात्मक चेतनाको आंकाक्षाले पनि पार्टीमा समेट्ने छ। हामी १० वर्षे जनयुद्ध जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनहरूमा एउटा नयाँ सपना, प्रतिवद्धता र सर्मपणका साथ होमिएका थियौं। नीति तथा कार्यक्रमले सबै कुरा समेट्ने छ। नयाँपन ल्याउने वा समेटने गरी नयाँ अनुहार आउनेछ।
अब अध्यक्षको कुरा आइरहँदा चाहिँ नेतृत्व कसको हुने रु भन्ने विषय रहन्छ। कहिलेकाहीं पुस्ता पुस्ताको बहस चल्छ। कहिलेकाहीं उमेर समूहको बहस चल्छ। नेतृत्व उमेरले चल्ने कुरा होइन रहेछ। युवा नेतृत्व चाहिन्छ तर उमेरले प्रभाव पार्दैन होइन, जोशजाँगर भने चाहिन्छ। उमेर र पुस्ताले प्रभाव पार्छ। यो नै अन्तिम निर्णय होइन। पार्टी विचारले चल्छ। अन्तिम कुरा के हो भने पार्टी विचारले चल्छ। नेतृत्व विचार हुनेले गर्ने हो। पार्टी चलाउँछु भन्ने विचार र दृष्टिकोण हुनेले नै गर्ने हो। पार्टी र देश यसरी चलाउँछु भन्ने निश्चित मूल्य र विचार हुने नै नेतृत्वमा आउनेछन्। यो देश जुन राजनीतिक रूपमा अगाडि बढेको छ, उहाँसँग भएका दृष्टिकोण पुनस्र्थापित गर्ने संकल्प छ। जुन प्रक्रियाले अगाडि बढ्ने खोजेको छौं र उहाँकै नेतृत्वमा अगाडि बढेछौं। यसको अर्थ माओवादीका नेताहरूमा स्पष्ट दृष्टिकोण छ। उनीहरू सक्रिय र योग्य पनि छन्। अन्नपुर्णपोष्टबाट ।
लेखक नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य हुन् ।










