सम्पादकहरूसँग प्रचण्ड ः माधव र बाबुरामसँग एकताबारे छलफल हुँदैछ

काठमाडौं ः नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एकताबारे प्रयास भइरहेको बताएको छ।

शनिबार सम्पादकहरूसँगको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताका लागि नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग छलफल भइरहेको बताएका हुन्।

प्रचण्डले भने, ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौँ, भोलिका दिनमा चुनावी मोर्चा गर्ने कि पार्टी एकता गर्ने भन्‍नेबारे छलफलहरू चलिरहेका छन्।’

प्रचण्डसँग बाबुराम भट्टराई तत्कालीन माओवादीमा लामो समय सहकार्य गरेका नेता हुन् भने माधव नेपाल ओलीविरुद्धको मोर्चामा सँगै जोडिएका नेता हुन्। पछिल्लो समय प्रचण्डले पूर्व(माओवादीहरू मात्र होइन क्रान्तिकारीहरू सबै एकैठाउँ उभिनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।





error: Content is protected !!