८ दिनपछि भेटिए हुम्लाका चन्द्रे कामी

यज्ञ खत्री
हुम्ला ः अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए । ‘जिल्लाको डीएसपीसँग छोटो कुरा भयो भखरै, प्रहरीले चन्द्रेलाई खार्पुनाथमा फेला पारेको छ’ डीआईजी ऐरले भने, ‘जिल्ला सदरमुकाम ल्याइँदैछ, राम्रोसँग फोन सम्पर्क हुन सकेन । बाँकी विवरण जिल्ला पुगेपछि मात्रै प्राप्त हुन्छ ।’










