हाम्रो मुद्धा मजाक होइन प्रिय ?

हेमन्त केसी
केही दिन अघि छेडागाड नगरपालिका भित्र पहाडै खसेझैँ गरि एक रडाको मचियो ? जो मुसा मार्नका लागि पालिएको विरालोले मुसा भन्दा पनि देख्न नपाएको पीडा प्रष्ट हुदैथियो । आहारा नपाएको झोक पत्रकारितामा मिसिएर कलमद्धारा मुसा मार्ने अभियान जुन चालिएको थियो त्यो सरासर झुटको पुलिन्दा मात्र थिएन कलम माथीको बेइमानी थियो । त्यसै कुराको पछि लागि एक थान पत्रमन्जुसाका रैवारेहरुले मुसा मार्ने फेरी अर्को असफल बयान सावित गरे ।

केही सत्यको खोजी गर्ने सचेत कलम र झुटलाइ थप मलजल गरी झुट सही बनाउने असफल करामतलाइ वैद्यता दिने बीचमा सामाजिक पीडा पोख्ने जग्गामा भारी हानथाप भयो । आखिर त्यो हानथाप सत्यको पुजागर्ने तर राजनीतिक अड्डामा पुगि दुवैलाइ सद्दे होइन भन्दै बटारिएकाहरुलाइ ल्याइ सत्यको पुजा गरि मिलापको पगरी गुथाउने एजेण्डारुपी नयाँ प्रोजेक्ट खडा गरिएको छ । केही दिन पछि एजेण्डाले माश्रीधानबाट निकालिएको सद्दे खालको चामल निकाल्ने छ भन्ने भरपुर अपेक्षा गरिएको छ । आफैँ धामी , आफैँ बोक्सी हुँदा दुनियाँमा केही समय त्यो सरल हल भएपनि पछि गएर ठुलो खाडीबट चक्रपात आउने छ ।

बोल्ने व्यक्ति होइन , त्यो विगत देखि र वर्तमान हुँदै भविश्यमा समेत बडेमानको रुपमा बसेको कुसी को फरक चाला हो । कुसीको मर्यादालाइ सही ज्ञान दिएर राम्रो मलजल गरेमा परिणाम समेत मिठो आउछ , होइन भने त्यो फेरी विषाक्त बस्तु प्रयोग भएमा सबै हानिकारक हुन्छ । हरेक दिन नयाँ झुटहरु लाइ सही बनाउन एक थान जंगलमा जनसंख्या बढेका बस्तुहरुको हुकार बढीरहेको छ ।

किनकी अहिले इकोसिस्टममा थोरै तलमाथी भएर ति हुकारहरु भएका हुन् । भित्रभित्र छलछाम गर्ने , बाहिर हजुरी गर्नेहरुले केही इकोसिस्टम बिर्गान मदत गरेका छन् । सबै आज सम्माको झुटले भरिएका तिम्रा कुरालाइ मध्यनजर गदै आज एउटा प्रेम पत्र लेख्न मन लागेको छ । सायद प्रेमपूर्वक लेखिएको यो पत्रबाट थोरै भएपनि तिमी मान्छे भएको हैरियात म देख्न चाहान्छु । अव सूचना प्राविधिको जमाना मैले यही प्रेमपत्र मार्फत तपाइको सदबुद्धीको अपेक्षा पनि गर्छु ।

प्रिय सूचना रुपी साथी ……………..
लामो समयको प्रयासपछि यो पत्र लेख्दै छु। कैयौँपटक शब्दहरू कोर्दै मेटाउदै गरेँ, त्यसको लेखाजोखा म आफैँसँग छैन। खै किन हो, यस्तो लाग्छ तिम्रो सम्बोधनमा शब्दहरु पनि कम पर्न आउँछन्। किनकि हरपल हरक्षण तिमी मन मस्तिष्कमा छाउँछौ, तिमी नै तिमी नजरभरि आउछौँ। तिमीलाई नदेखुँ भनेर कयौंपल्ट आँखा बन्द गर्छु। तर, बन्द आँखामा तिमी झन संग्लो भएर नजर आउँछौँ। यिनै हरेक कुराको निष्कर्षले आज मलाई महसुस गराएको छ कि म त प्रेममा पो रहेछु, हो तिमीसँगको प्रेममा। यस्तो प्रेम जसको कुनै सीमा छैन,जसको कुनै अन्त्य छैन जहाँ विश्वास छ, इज्जत छ, सम्मान छ अनि पाउने आस र गुमाउने डर भन्दा पनि तिमीलाई चाहन्छु, तिमीलाई प्रेम गर्छु भन्ने कुराले नै बढी महत्व राख्छ ।

प्रियतम, पहिलोपटक तिमीलाई भेट्दा लागेकै थिएन कि तिमीलाई फेरि भेट्छु, तिमीसँगको प्रेमको गहिराइमा डुबुल्की मार्न पुग्छु। त्यसैले त मलाई याद नै छैन कि हामी पहिलेपटक कहिले भेटेका थियौँ भनेर। कति याद गर्ने कोसिस गर्छु। अहँ, याद नै आउँदैन बस अब त यही प्रेम सबथोक बनेको छ। यसले प्रेमको कदर गर्न सिकाएको छ। प्रेमको एहसास नै मीठो हुँदो रहेछ, चियामा चिनीको घोलजस्तै। साँच्चै, प्रियतम तिमी मेरो जिन्दगीको सुन्दर बहार हौ, त्यो वसन्त हौ, जो बिनामौसम पनि रंगीचंगी हरियाली छ। जसले मलाई प्रेमको गरिमा बुझाएको, प्रेमको पूजा गर्न सिकाएको छ। सोच्छु यदि तिमीसँग भेट हुँदैनथ्यो भने मैले कसरी गर्न पाउँथे होला, यति मीठो प्रेमको प्रेमिल एहसास, कसरी बुझ्थेँ होला प्रेमको यति मिठो गाथा।

कोही मान्छे साँच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन् जस्तै ‘तिमी’। हरेकपटकको भेटपछि, हरेक पटकको संवादपछि अझ प्रेम बढेको एहसास हुन्छ।थाहा छ तिमीलाई, “तिमीसँग भेटेपछि म साह्रै प्रेमिल हुन थालेकी छु, हर कसैलाई आफ्नो रंगमा रंगाइहाल्छु र मान्छेहरु रंगिन्छन् पनि।” तर, तिनीहरुलाई के थाहा– त्यो त तिम्रो प्रेमको कमाल हो भनेर‘ तिम्रो प्रेमको रंग हो भनेर। हरेक कुरा आफ्नै ढंङ्गबाट सोच्ने, एउटा जिद्दी र पागल केटी पनि कसैको प्रेममा यसरी रंगिन सक्छे, सायदैले सोच्छन् होला। कहिले लागेन कि म पनि कसैसँग प्रेम गर्न सक्छु, कसैको प्रेममा पर्छु। मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर। त्यसैले त आज म हराएकी छु तिमीमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा।

आफ्नै दुनियाँ बनाएर आफ्नै दुनियाँमा हराउने केटी म, मेरो दुनियाँमा पनि कोही आउँछ र घर बनाउँछ, कति अचम्मको कुरा छ है। मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर। त्यसैले त आज म हराएकी छु तिमीमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा। यी दिनहरुमा यो प्रेमका रंगहरु नै पर्याप्त छन् बाँच्नमा, जीवित रहनुमा नितान्त खुशीका वेगहरुमा समिश्रित छन् अव्यक्त प्रेमका भाषाहरुमा। यस्तो लाग्छ यही आकाशले गुनगुनाइरहेको छ प्रेमका मिठा गीतहरु अनि छरिरहेको छ इन्द्रेणीका सुन्दर रंगहरु..।

प्रिय तिमी अब सूचनामा पनि प्रेमपुर्वक माया गरि सबैलाइ पस्कने गर ल , झुटबाट बाहिर निस्किएर सबैको सामुमा अनुहार हिरा भएर देखाउ ल । उही तिम्रो रखबारी गर्ने प्यारो साथी ।
लेखक प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।





error: Content is protected !!