चुनाव हार्ने डाक्टरहरू

काठमाडौं ः नेकपा एमालेका नेता डा भीम रावल पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित भए। रावल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पराजित भए।

एमालेमा भीम रावलबाट सुरु भएको डाक्टर नेताहरूको पराजयको यात्रा कांग्रेसमा महामन्त्रीको मत गणना सकिदासम्म पाँच जना पुगेको छ। नेपाली कांग्रेसको सभापति पदमा डा। शेखर कोइराला पराजित भए। उनी शेरबहादुर देउवासँग पराजित भएका हुन्।

यस्तै डा चन्द्र भण्डारी कांग्रेसकै उपसभापति पदमा पराजित भए। भण्डारी कोइरालाकै प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेका थिए। तीन जना डाक्टर त कांग्रेसको महामन्त्री पदमै पराजित भएका छन्।

डा मीनेन्द्र रिजाल, डा। प्रकाशशरण महत र डा राजाराम कार्की बिहीवार घोषणा भएको महामन्त्री पदको अन्तिम मत परिणाम अनुसार तीनै जना पराजित भएका हुन्।

सभापति पदमा देउवा निर्वाचित भएपनि उनकै समूहबाट चुनाव लडेका डा महत भारी मत अन्तरले पराजित भए। अध्यक्षमा कोइराला पराजित भएसँगै उनको प्यानलबाट चुनाव लडेका डा रिजाल पनि महामन्त्रीमा पराजित भए।

कांग्रेसकै महामन्त्रीमा चुनाव लडेका अर्का डा। कार्कीले भने एक सय १० मत पनि कटाउन सकेनन्। नेताहरू प्यानलै खडा गरेर चुनाव लडे पनि मतदाताले भने मन लागेको उम्मेदवारलाई मत दिएको महामन्त्रीको मत परिणामले देखाएको छ।

सभापति देउवाले विश्वप्रकाश शर्मालाई महामन्त्री पदमा उम्मेदवार नबनाए पछि प्रकाशमानसिंहको प्यानलबाट चुनाव लडेका थिए। उनले देउवा प्यानलका उम्मेदवार डा। महतलाई ४२८ मतले पछि पार्दै विजयी भएका छन्।

देउवाकै प्यानलका अर्का उम्मेदवार प्रदीप पौडेल पनि महामन्त्रीमा पराजित भए। चौथो स्थानमा रहेका पौडेलले एक हजार ३९३ मत मात्रै प्राप्त गरे।

कांग्रेसमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदको अन्तिम मत परिणाम आउँदा पाँच जना डाक्टर पराजित भएपछि सामाजिक सञ्जालमा डाक्टरहरूलाई राजनीति नफाप्ने भन्दै टिप्पणीहरू आइरहेका छन्।





error: Content is protected !!