प्रकाशमानलाई फकाउन बालकृष्ण खाण चाक्सीबारीमा

नेपाली काँग्रेसको सभापति पदका लागि भएको चुनावमा पहिलो चरणबाट नतिजा नआउने संकेत पाएपछि गृहमन्त्री बालकृष्ण खाण शेरबहादुर देउवाको पक्षमा प्रकाशमानलाई फकाउन चाक्सीबारीस्थित सिंह निवासमा पुगेका छन् ।

पहिलो चरणको चुनावमा सिंहले तेस्रो स्थानको मत हासिल गरेका छन् । सिंहले सघाउँदा दोस्रो चरणमा देउवाले जित्ने निश्चित देखेपछि खाण सिंहलाई भेट्न पुगेका हुन् । यद्यपि, मतगणना सकिएको छैन । र देउवाले पहिलो चरणमा नै जित्ने सम्भावना भने बाँकी नै छ ।




सम्बन्धित समाचार


error: Content is protected !!