पहिचान नखुलेका पुरुष मृत भेटिए

डोल्पा ः राई दाइु भनेर चिनिने तर खास नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबिसकोटमा मृत भेटिएका छन् । आठबिसकोट नगरपालिका–६, को त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । २३ गते राति उनलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

२३ गते राति मृत फेला पारे पनि उनको शवलाई शनिबार मात्रै जिल्ला अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ । डोल्पा र रुकुम पश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले राई दाइ भनेर चिने पनि अरु विवरण भने कसैसित नभएको प्रहरी निरीक्षक शर्माले बताए ।

पोष्टमार्टम गरिएको शव अस्पतालको शव गृहमा छ । तर कसैले पनि उनको नाम, ठेगाना र पहिचान गरेपछि मात्रै अन्त्यष्टि गरिने प्रहरीले जनाएको छ । केही दिनसम्म पनि पहिचान हुन नसकेपछि स्थानीय सरकार, सरोकारवालाको रोहबरमा प्रहरी आफैले अन्त्यष्टि गर्ने जनाएको छ ।





error: Content is protected !!