३५ अविभावक विहिन वालवालिकालाइ सहयोग

जाजरकोट , हाल अमेरिकामा बस्दै आउनु भएकी जयन्ती थापाले जाजरकोटका ३५ जना अविभावक विहिनलाइ सहयोग गर्नुभएको छ । भेरी नगरपालिका –३ माथि थाप्ले स्थित नेपाल आमा अनाथ आश्रममा रहेका ३५ वालवालिकाहरुलाइ जयन्तीले १५ हजार वरावरको खाद्य तथा पढाइ सहयोग सामग्रीहरु सहयोग गर्नुभएको हो ।

थापाकी छोरी सुजन चन्द र वुवा धर्मवहादुर थापाले आश्रमका सन्चालक माता नरिन्ताकुमारी शाह, आश्रमका अध्यक्ष सहदेवजंग शाह र वालवालिकाहरुलइ हस्तान्तरण गनुभएको हो । महत्वपुर्ण सहयोग गरेको भन्दै जयन्ती थापालाइ आश्रमका तर्फवाट सम्मानपत्र समेत प्रदान गरिएको छ ।

जयन्तीलाइ आश्रम र जयन्चन्द्र मिडिया ग्रुप प्रालिको तर्फवाट प्रदान गरिएको सम्मान पत्र आश्रमका अध्यक्ष सहदेवजंग शाह र जयचन्द्र मिडिया प्रालिका सन्चालक जनक केसीले संयुक्त रुपमा उनकी छोरी सुजन चन्दलाइ हस्तान्तरण गनुभएको थियो ।





error: Content is protected !!