माओवादीका ३२ विभाग – प्रचण्डलाई स्कूल, नारायणकाजीलाई विदेश

काठमाडौं / नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ । विषय विज्ञसमेत राखेर बनाइएका विभाग प्रमुख र उपप्रमुख भने पार्टीका नेताहरूलाई नै बनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेलले पाएका छन् । नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बनेका छन् ।

संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मा बनेका छन् । नेता वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ ।

 





error: Content is protected !!