कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही विजयी

सुर्खेत ःनेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन्। शाही संस्थापन समुहका हुन्। कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलले ७ मत प्राप्त गरे। खसेको कुल मत मध्ये ८ मत बदर भएको थियो।

भुपेन्द्रजंग संस्थापन इतर पक्ष हुन् भने भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधि समूहका हुन्। सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी छ।





error: Content is protected !!