राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले हारे

काठमाडौँ ः कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई ११९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
राप्रपा नेता मोहन श्रेष्ठले मतगणनास्थलबाट जानकारी दिए अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको श्रेष्ठले जानकारी दिए ।
निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ ।










