विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डल विस्तार

जाजरकोट ः कर्णाली प्रदेश सरकार विश्वासको मत लिएर मात्र विस्तार हुने भएको छ । कांग्रेसले पुर्वसहमती भएअनुसारको आफ्नो व्यवहार परिवर्तन गरेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको स्रोतले बताएको छ ।
माओवादीले सांसद संख्याको आधारमा मन्त्री माग गरेको छ । सत्ता जोगाएर आफूले गुण लगाएका कारण आफूले बढी मन्त्री पाउनुपर्ने नेकपा एसको भनाइ छ । पुर्व सहमती अनुसार कांग्रेसले मुख्यमन्त्री सहित १ जना मन्त्री बनाउने सहमती गरेको भएपनि अहिले बढी मन्त्री मागेपछि थप समस्य आएको छ ।








