सहित तथा घाइते भनाइ ः माओवादी पहिलो पार्टी नभए सम्मा हाम्रो माग पुरा नहुँने ?

जाजरकोट ः खुट्टा एकको र टाउको अकैको भएका कारण अहिले आफ्ना मागहरु पुरा हुन नसकेको सहित तथा घाइते परिवारका व्यक्तिहरुले दाबी गरेका छन् । माओवादी केन्द्रका नेता गाउँ ,गाउँमा गएर भेटघाट तथा छलफल जारी राखेको सन्दर्भमा उनीहरुले यस्तो बताएका हुन् ।
फुटेर होइन , जुटेर मात्र माओवादी आन्दोलनको उदेश्य पुरा हुने सहित तथा घाइते परिवारले सुझाव दिएका छन् । फुटको कुरा आफूहरु सुन्न नसक्ने भन्दै जुनिचाँदे गाउँपालिकाका जुनिबस्ती ६१ वर्षीया सुनमकुमार बुढाले बताइन् । माओवादी नेताहरु गाउँ ,घर आएर भेटघाट , छलफल गरे घरकै गुमेका सदस्यहरु आएझैँ लाग्छ उनले भनिन । हिजो जसले आफ्ना आफन्तहरु मार्नका लागि हजार योजना बनाए ,उनै आज बिभिन्न लोभ देखाएर शाक्कै हुन खोज्दा हृदयमा आगो बलेर आउने गरेको अर्कि सहिद परिवारकी काली बुढाले बताइन् ।
जुन सपना थियो हिजो सत्ता चलाउदा आज त्यो हुन सकेको छैन त्यो नहुँनुमा माओवादी आन्दोलन टुटफुटकै परिणाम हो कालीले भनिन । जनसत्ता भन्दा अहिलेको राजनीति निकै खतरा भएको समेत उनको तर्क छ । लोभी ,पापी र जालझेल गर्न सक्नेले मात्र अहिलेको समयमा टेक्ने अवस्था रहेछ तर इमान्दारको त काम नै नभएको जस्तो छ ? उनले प्रश्न गरिन । अहिले पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत , कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्ल , राष्टियसभा सदस्य मायाप्रसाद शर्मा ,सचिव रामदिप आचार्य , सांसद गणेसप्रसाद सिंह र संयोजक ढकबीर राना लगाएतका नेताहरु गाउँ ,गाउँमा रहेका छन् । उनीहरुले आम कार्यक्रता तथा सर्वसाधारणको सुझाव समेत लिइरहेका छन् ।
सुझाव दिनेहरुले माओवादी फुटेर होइन, जुटेर मात्र सबै मुद्धा स्थापित हुने बताएको पुर्वमन्त्री शक्तिबहादुर बस्नेथले बताए ।










