जनताको जीवन स्तर बदल्नु नै मुख्य कुरा हो ? –सांसद सिंह

सञ्जय केसी
जाजरकोट , १० मंसिर ः विकास निर्माणमा जनताले अनूभुती गर्न पाउने गरी आधार खडा गरे मात्र विकासको नारा सफल हुने प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताए ।
कर्णाली प्रदेश सरकारबाट जिल्लाले पाएको बजेटबाट थोरै भएपनि जनताको जीवन स्तर बदल्ने अभियानको पाटोको रुपमा आफूले हेरेको उनले बताए । नलगाड नगरपालिका नेकपा ( माओवादी केन्द्र) को प्रथम जिल्ला अधिवेशनलाइ सम्वोधन गर्दै सिंहले यस्तो कुरा बताएका हुन् । सरकारका कामलाइ आत्मसाथ गरि अगाडी बढेर माओवादीका भारी एजेण्डाहरु विकास रुपी यात्रामा समाहित भएको उनले बताए ।
जनता नै सबै थोक भएकाले जनताको आत्म सन्तुष्टि भएमा मात्र हाम्रो राजनीति मात्र होइन , दलको भविश्य समेत निर्धारण हुने बताए । जिल्लाका अधिकांश भुगोल र जनसाधारणसँग भारी मात्रामा सम्वन्ध स्थापित गरेका सिंह सबै भन्दा सजिला नेता मध्य पर्दछन् । माओवादीले आफूले गरेका विकास र गरेका कामहरु विकाउन नसक्नु कम्जोरी भएको उनले बताए ।
जिल्लामा भएका विकास निर्माणको पहिलो हिस्सेदार माओवादी भएको उनले बताए । सडक ,पुल , खानेपानी र टेलिफोनका भारी काम भएको समेत उनले बताए । भेरी करिडोर भित्र संघीय सरकारले बोलपत्र गर्न छुटेका ठाउँमा कर्णाली प्रदेश सरकारले गर्ने उनले बताए । वडा ,वडाहरुबाट आएका नेता तथा कार्यक्रताले सांसद सिंहलाइ विकासको रिर्पोट समेत गरेका थिए । नलगाड नगरपालिकामा केन्द्रीय विद्युतको लाइन विस्तार भएपनि भरपर्दो नभएको गुनासो आएपछि विद्युत प्राद्यिकरणलाइ फोन गरी तत्काल समस्य समाधान गर्न समेत सिंहले आग्रह गरे ।
नलगाडको नगर अधिवेशन आइतबार सम्पन्न हुने
माओवादीको बहुमत भएर सत्ता सञ्चालन गरेको नलगाड नगरपालिकामा आइतबार नगरकमिटि घोषणा हुने छ । उक्त घोषणा कार्यक्रममा माओवादी केन्द्रीय सदस्य रामदिप आचार्य , सांसद गणेसप्रसाद सिंह , जिल्ला समन्वय प्रमुख मनबहादुर रावल , नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल र जिल्ला इन्चार्ज गगनबहादुर खड्का लगाएका नेताहरु सहभागी हुनेछन् ।





error: Content is protected !!