डोल्पामा एमालेका वडा अध्यक्ष र काङ्ग्रेसका दुई वडा सभापति सहित ८५ जना माओवादीमा प्रवेश 

डोल्पा – हिमाली जिल्ला डोल्पामा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर चलेको छ । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाले बिहीबार आयोजना गरेको गाउँपालिकास्तरीय सम्मेलन गर्ने क्रममा एमालेबाट निर्वाचित वडा अध्यक्ष सहित ८५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् ।

वडा नं ६ बाट निर्वाचित वडा अध्यक्ष भक्तबहादुर बुढाथोकी,वडा नं २ का वडा सदस्य हरिमान थापा,एमाले वडा कमिटी अध्यक्ष राम बहादुर शाही,सचिव लोकबहादुर शाही सहित ६३ जना माओवादी केन्द्रमा प्रवेश गरेकाहुन् । त्यसैगरी नेपाली काङ्ग्रेस वडा नं १ का सभापति रविन्द्र रोकाय,वडा नं २ का सभापति विमल बुढाथोकी सहित २२ जना माओवादी केन्द्रमा प्रवेश गरेकाछन् ।

नवप्रवेसीहरुलाई स्वागत गर्दै माओवादी केन्द्र डोल्पा संयोजक मालबहादुर रोकायले डोल्पा माओवादीमय भएको बताए ।
देशमा जनताको माओवादी पार्टी प्रतिको भरोषा बडेको उनको भनाइ छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका इन्चार्ज नारासिँह रोकायले देश माओवादीकै एजेन्डामा चलिरहेको बताए ।
माओवादी केन्द्र जगदुल्लाले प्रथम गाउँ सम्मेलन पनि सम्पन्न गरेको छ ।





error: Content is protected !!