हामीले नेतृत्वको संरक्षण नगरे कसले गर्ने ?

हेमन्त केसी
चुनाव नजिकिदै छ , त्यसैले नेताहरु गाउँ ,गाउँमा जार्दैछन् भनि केही आफूहरु स्वतन्त्रताको परिचय दिनेहरु दैनिक सामाजिक सञ्जाल र चियागफमा आफ्ना फोकटका गफहरुमा पोखिने गर्दछन् । चिया खाएको पैसा अर्कालाइ तिराउने उनीहरु सधैं आफूलाइ एक नम्वरको अब्बल मात्र होइन , संसारकै विश्लेषक ठान्छन् तर उनको काम भनेको कुरा लगाउने र आफूले खाएको खानाको भाँडो समेत आफैं सफा नगर्ने प्रवृतीको छ ।

उसले सबै नेतालाइ सधैं शोषक ,सामन्ती ठान्छ तर उ आफै भित्रको शामान्ती प्रवृती भने कहिले पनि देख्दैन । भएनभएका संघ,संस्था देखि डलरवाला कार्यक्रम उसैलाइ चलाउनु पर्छ । नत्र उसको दैनिक गफ दिने जिव्रो लरबराउन थाल्छ । शव्दमा खेल्न बहुत चलाख उ आफूहरु एक्का नै ठान्नु उसको सधैंको परिचय हो । आफूले केही पाए सबै ,ठिक नपाए सबै बेठिक मात्र होइन , व्यवस्था नै खतम भन्न पछि नपर्ने उसका व्यवहार रुपी गुणहरु रहेका छन् । उ आफूले केही नसके केही व्यक्तिलाइ भाडा लिएर सामाजिक सञ्जाल समेत प्रयोग गर्न समेत खप्पिस छ । शव्द होस वा अन्य जुनसकै माध्यमबाट मुख्य पुजारी बनाएर अगाडी बढे ,संसारको महान दार्शनिक ठानेमा उ सबै भन्दा राम्रो व्यक्ति ठहरिन्छ तर आफूले भनेको नहुँन बित्तिकै अरुलाइ भ्रष्ट आफूहलाइ सज्जन देख्ने गुण फेरी छरपरष्ट रुपमा उसले प्रर्दशन गर्छ ।

अहिले सबै ठाउँमा अधिवेशन चलिरहेका छन् , त्यसमा समेत उसले भाग मागिरहेको छ । भाग पुरा नहुँन वित्तिकै अनेक खालका प्रर्वचन सुरु हुन्छन् । अरुलाइ पुरै सामन्ती देख्ने उ र उसका प्रवृती भने व्यापक लोकन्त्रिक रुपमा अगाडी बढीरहेका हुन्छन् भन्दै उफ्रिरहेको हुन्छ । नेतृत्वलाइ घेराबन्दी गदै जातिय कम्पनी समेत चलाइरहेको हुन्छ । त्यसैले नेतृत्वको राम्रो काम लाइ प्रशंसा गरेर ,जनता सम्मा जाने कामलाइ सरसफाइ गरौं । काम गर्ने कालु , मकै खाने भालु भनेझैं सर्बसत्ताबाद विरुद्ध एक जुट भएर जनताको न्यानो माया अंगालो हालेर अगाडी बढ्यौं ।

किन पुग्छन् नेता गाउँ
विकास निर्माणका काम देखि जनतासँग भेटघाट गर्न अहिले सबै खालका नेता कार्यक्रताहरु गाउँमा सक्रिय भएका छन् । अहिले अधिवेशन चल्दै छ । अधिवेशनले दललाइ खास जिउदो बनाउने र पिडि हस्तान्तरण गर्ने माध्यम पनि हो । राजनीति सेवा हो , जागिर होइन त्यसैले नेताले के खान्छ , कसरी जीवन चलाएको छ त्यो सबैले निगरानी गरिरहेका हुन्छन् ।

सबै भन्दा मुख्य कुरा भनेको के हो भने एक नेताको जीवन कसरी चल्छ होला त्यो कसैले हेक्का राखेको अबस्था छैन । विहान देखि बेलुकी सम्मा जनताको समस्या समाधान देखि गाउँ ,ठाउँको चिन्ता हुन्छ त्यो पनि खाली पेट । कोही नागरिकले भन्दैन किन नेतालाइ पनि भोक लाग्छ , आराम चाहिन्छ ? नेताले सिफारिस गरेको योजना र कामहरु तोकिएको समयमा नहुँदा गाली खाने उनै नेता हुन्छन् । तर कार्यान्वय गर्ने ठाउँमा भने कर्मचारीको हालिमुहारी हुन्छ । किनकी नेताको सही चल्दैन त्यहाँ ? नेताले भनेको मानेमा काम हुन्छ , नमाने काम हुँदैन । कर्मचारीको तजविजमा सबै कुरा अल्झिएको हुन्छ । आफूलाइ मन नपर्ने नेता आउन साथ हुने काम समेत नहुने बनाएर अगाडी बढेको धेरै उदाहरण छन् ।

त्यसैले भए गरेका कामको श्रय लिन नसक्ने त्यो कार्यक्रता बन्न सक्दैन । सधैं असन्तोष मात्र गर्ने तर आफू सिन्को भाँच्न नसक्ने कुशल कार्यक्रताको खास संहिता भित्र पदैन । गुटहरु निर्माण गरि त्यसलाइ नै अगाडी बढाउन तर्फ ध्यान भन्दा पनि सक्षम र राम्रो व्यक्तिलाइ नेतृत्वमा ल्याउ । केन्द्रीय राजनीतिसँग सिधैं सम्वन्ध जोडिएको नेता जिल्लामा हुँदाहुँदै ओपन भोटरका कुरा सुनेर हामी पनि त्यति वेटारिनु हँुदैन । खुल्ला भोटर भनेका हो हो भन्ने मात्र हुँन् भोट दिने होइनन् । त्यसैले खास समयमा खास कुरा बुझन जरुरी छ ।

आफ्नै नेता र कार्यक्रताका विरुद्धमा हजार थरी उफ्रिएर पार लाग्दैन , बहस पो गर्ने हो जहाँ नयाँ विचारको जन्म होस । जिल्लाको विकास २०६६ साल देखि मात्र सुरुबात भएको थियो । कम्तिमा १० वर्ष भित्र जिल्लाको मुहारमा खुसीका किरणहरु देखा परेका छन् । जिल्लामा भए गरेका कामहरु भन्दा उट्पट्याङ गर्नेको संख्या ठुलो रहेको छ ।





error: Content is protected !!