माओवादीले पाका व्यक्ति पाएको पूर्वमन्त्री ः बस्नेत

डोल्पा ः माओवादी केन्द्रका कर्णाली इन्चार्ज तथा पूर्वमन्त्री शक्ति बस्नेतले डोल्पाको डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अध्यक्षलगायतका वडाध्यक्ष र पाका पुराना जनमत भएका व्यक्तिहरू नै माओवादी प्रवेश गरिसकेकाले अब डोल्पा माओवादीमय भएको बताए ।

बुधबार उपल्लो डोल्पाको फोक्सुन्डोमा बसेका माओवादी केन्द्रका नेताहरू बिहीबार छार्काताङसोङ गाउँपालिका र सदरमुकाम दुनैको कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्केका छन् । डोल्पामा जगदुल्लाबाहेकको पाँचवटा ठूला क्षमताको हाइड्रोपावरको सर्भे भइरहेको बताए । त्यसले डोल्पाको कायापलट गर्ने र जनताले सेयर हालेर नाफा लिन सक्ने उनले बताए ।

अब डोल्पासम्म सिधा यातायात सेवा सञ्चालन गर्न भेरी करिडोरको बीचबीचमा बेलिब्रिज बनाउन काम सुरु भइसकेको उनले बताए । काममा ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने चेतावनी  अर्थमन्त्री जर्नादन शर्माले बताए ।





error: Content is protected !!