तिहारमा टीका लगाउन तीन बर्षिया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

डोल्पा ः १८ कात्तिक ः बारेकोट गाउँपालिक ७ की इश्वरी शाही (सिंह) सहित जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन बर्षिय छोरी छोरी लक्ष्मी सिंह सहित खसकी हुन् ।
खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्वार गरेर उपचारकालागि नेपालगन्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मुख,टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको उनले बताए । छिमेकी जिल्ला रुकुम (पश्चिम),जाजरकोटलाई खबर गरि बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।








