माओवादी कम्जोर हुँदा उसका एजेण्डा कसरी बलिए होलान् ?

हेमन्त केसी
पहिलो संविधानसभाको चुनावमा माओवादी पहिलो शक्तिको रुपमा आयो । उसले उठाएका एजेण्डाहरु समेत सजिलै संविधानमा लेख्ने सक्ने हैसियात बनायो । जव कि आन्दोलनको राप र तापबाट माओवादी त्यो समयमा आएको थियो ।
माओवादी पहिलो शक्ति बन्नु भनेको संविधान लेखनमा माओवादी आन्दोलनले उठाएको एजेण्डाहरु स्थापित गर्ने मौका समेत जनताले दिलाएका थिए भनेर बुझदा गलत हुँदैन । जव प्रचण्डको नेतृत्वमा रहेको माओवादीले आफ्ना एक पछि अर्को निर्णय जनपक्षिय गर्दै आयो , अन्य संसदबादी दलहरु न्वरण देखिको बल लगाउदै आफ्नो कम्जोर उपस्थिती झन खस्किने डरले माओवादी फुटाउने अभियानमा व्यापक रुपमा लागे ।
त्यसको योजनाकरण अर्थात मोहन बैद्य भनिएपनि अहिलेका एमालेको नामबाट परिचय बनाएका रामबहादुर थापा ( बादल) को सेनासँथ तालमेल नमिल्नु अर्को कारण थियो । बादल एकै ठाउँमा कहिले पनि बसेनन् , माओवादी फुटाएर अर्को दल खोल्ने देखि अहिले एमाले सम्मा पुग्ने अवसरबादी नेताको रुपमा परिचय समेत निर्माण गरे । बादल ,बैद्य र विप्लवहरु अलग मात्र भएनन , उनीहरुले लडेर ल्याएको व्यवस्था अनि एजेण्डामा समेत माओवादी कम्जोर भएकै कारण विरोधीले प्रश्न पटक पटक उठाइरहेका छन् । आफैंले जन्माएको शिशु आफैं हत्य हुन लाग्दा सम्मा टुलुटुलु हेर्ने अबसरबादी मनोकांक्षाले गर्दा माओवादी आन्दोलन कम्जोर हुन पुग्यो ।
जनताका एजेण्डा माओबादी उठाउने तर सरकारको तालचापी माओवादीसँग नहुँदा जनताका एजेण्डाहरु स्थापित नहुँने ठुलो समस्या माओवादीसँग रहेको छ । त्यसैले अहिले स्थापित हुँदै गरेका एजेण्डालाइ बचाएर अन्य उपलव्धिको खोजी गर्ने हो भने माओवादी एक जुट हुनुको विकल्प छैन । फुटेर होइन, जुटेर नै आफ्ना एजेण्डा स्थापित गर्न सकिन्छ र माओवादी आन्दोलन भव्य बनाउन सकिन्छ भन्ने कुरामा सबै नेतृत्व सहमत हुनु अहिलेको आवश्यकता हो । जसले जुन उदेश्यले दल फुटाएपनि अहिले खासमा कसका उदेश्य कसरी पुरा भए त ? त्यो इतिहासमा समिक्षाको विषय भइसकेको छ । माओवादी बहुमत ल्याएर सरकार झण्डै ८ महिना चलायो । त्यो भन्दा पछाडीका दिनमा माओवादीलाइ फुटाएसँगै कम्जोर बनेको माओवादी आन्दोलनकै कारण अन्य माओवादी सरकारको नेतृत्व गर्न पाएन ।
पटक पटक अर्काको पछि लागेर जाँदा बीचबीचमा सरकार छोड्नुपर्ने र आफ्नो एजेण्डा स्थापित गर्न विकल्पको खोजी गर्नुपरेको पीडा सबै सामु जगजाहेर नै छ । एजेण्डा माओवादीको , नेतृत्व कांग्रे र एमालेको हुँदा माओवादी आन्दोलनले स्थापित गरेका भारी उपलब्धीहरु समस्यामा पर्दै गए । गर्दा गर्दा राजाबादीहरु समेत उचित मौका आएको भन्दै बोल्न समेत थालेका छन् । उचित समय आएपछि बोल्ने बताउने ज्ञानेन्द्र शाह अहिले राजा आउनुपर्ने तर्क समेत अगाडी सार्दै आएका छन् । हामीले चाहेको र हजारौंले रगत बगाएको यही राजालाइ स्वागत गर्नलाइ थियो त ? एक पटक गम्भिर समिक्षा गरौँ । अब जाजरकोट , रुकुम र रोल्पाका आम नागरिकले माओवादी आन्दोलन जसरी जोगाएका थिए , त्यसैगरी देशैभरीबाट परिवर्तनका हिस्सेदारहरु जुरुक्कै उठ्ने बेला भयो । परिवर्तन जोगाउनका लागि र समाजबादको बाटो सही रुपमा पकडका लागि माओवादी आन्दोलन भव्य बनाउ ।
प्रचण्ड एक्लैले मात्र अहिले व्यवस्था सजिलै पार लाग्ने देखिदैन त्यसैले सबै माओवादी समर्थकहरु परिवर्तनका लागि बम बन्नुपर्ने अवस्था आएको छ । आशन्न आउने चुनावमा समेत माओवादी पहिलो दल भएन भने फेरी हाम्रो एजेण्डाहरु बुजुवा बर्गले कतल्याम गर्ने छन् । उनै भन्ने छन् माओवादीले उठाएका सपनाहरु कहाँ गए त ? किनकी माओवादीका एजेण्डा ध्वास्त पार्न उनै शक्ति लागेका छन् फेरी भन्दैछन् माओवादीले एजेण्डा कहाँ गए ।
हाम्रो आन्दोलन अब व्यवस्था बचाएर माओवादी ठुलो बनाउनु हो । माओवादी दल होइन , आन्दोलन हो । एक परिवर्तको संवाहक हो । पदको लागि विक्री हुने , अवसर पाउन वित्तिकै रातारात जे पनि बन्ने र आफ्नालाइ च्यापेर अर्कालाइ हिर्काउने माओवादी हुन सक्दैन अब ? माओबादी बन्नका लागि माओवादीले ल्याएका एजेण्डालाइ स्थापित गर्ने संकल्प र चेतना चाहिन्छ । अहिले प्रतिक्रियाबादीहरु माओवादीको फलानो नेता ठिक , फलानो नेता काम छैन भन्दै भ्रम सिर्जना गर्दैछन् । किनकी उनीहरुले राम्रो नेता भनेको व्यक्तिलाइ समेत मतदान गर्दैनन् । बरु विरुद्धका तानाबाना बुन्छन् ।
सरकारमा सहभागीता न्यायका आधारमा
माओवादी अहिले ७ वटा प्रदेशमा सरकारमा गइरहेको छ । मन्त्री छनोट प्रक्रियामा समेत योग्यता र जनमत लाइ आधार बनाएर मात्र मन्त्री छनोट गरियो भने सबै भन्दा उत्तम बिकल्प हुने छ । फेरी पनि गोजि भित्रका मान्छेलाइ तानेर मन्त्री बनाउने अभियान सुरु भएमा त्यो नै विषपानको सुरुवात हुनेछ । जाजरकोट , रुकुम जस्ता जिल्लालाइ न्यायका आधारमा पनि मन्त्री दिनु जरुरी छ । माओेवादी आन्दोलन कसैको प्रतिक सम्पती नभइ आन्दोलनको उपलब्धी हो ।
जनयुद्धको तुफानी केन्द्रमा माओवादी कम्जोर बन्नु भनेको माओवादी आन्दोलनको गती कुन स्तरबाट अगाडी बढ्दैछ भन्ने हो । त्यसैले न्याय र समान्ताका आधारमा मात्र काम गरियो भने त्यसले अग्रगामी न्याय दिने छ । पाउनेले पाइ रहने र नपाउनेले हेरिरहने प्रवृती विरुद्ध माओवादीको आन्दोलन एवं नेतृत्वको ध्यान जानुपर्छ ।



