कर्णालीको शक्ति ?

अहिले कर्णाली प्रदेश सरकार माओवादी केन्द्रले इमान्दारपूर्वक नेपाली कांग्रेसलाइ बुझाएको छ । नेकपा एमालले समर्थन फिर्ता लिएसँगै कर्णालीका प्रभावशाली नेताहरु शक्तिबहादुर बस्नेत र जनार्दन शर्माकै पहलमा कांग्रेस र एमालेको एक समुहसँग सहकार्य गरेर महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएको माओवादी सरकार जोगिएको थियो ।

यमलाल कँडेललाइ मुख्यमन्त्री बनाउन अनेक उपाय गरेपनि एमालेको नेतृत्व सफल नभएपछि अदालतको आँडमा नेकपा नै फुटेको थियो । सोही परिणाम स्वरुप अहिले एमाले सबै प्रदेशबाट सत्ता बाहिर मात्र भएको छैन , दुइ चिरामा बिभाजन भइ नेकपा ( एकीकृत समाजबादी) दल समेत गठन गरी छुट्टै दल समेत भइसकेको छ । समाजबादी , माओवादी केन्द्र र कांग्रेसको गठवन्धनमा रहेको अहिलेको सरकारको बल एक सिट मात्र जितेको हुम्लाका जीवनबहादुर शाहीको हातमा परेको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने कुरा यस अंक गणितले राम्रोसँग हामीलाइ देखाएको छ ।

अहिले रहेको व्यवस्थामा अंक गणीतीय खेल कति सम्मा काम गर्छ भन्ने हिसाव मजैले देखिएको छ । राजनीतिले कुन बेला कहाँको लिग प्रयोग गर्छ भन्ने कुरा नेपाली राजनीतिमा व्यापक रुपमा देखिएको छ । कर्णालीको माओवादी राजनीति खास गरी रुकुम पश्चिम र जाजरकोटकै हातमा बल रहेको पटक पटक लेखिरहनुपर्ने विषय भने होइन । जनयुद्धकालमा समेत ठुला ,ठुला रणनीतिक योजनाहरु समेत यिनै जिल्लामा हुने गथे । यही स्वर्णीम भूमिमा बनेका योजनाले नै देश परिवर्तन मात्र भएन , राजनीतिक व्यवस्था समेत बदलिएको छ । अब जनताको अवस्था बदल्नका लागि माओवादी नै पहिलो दल बन्नुपर्ने माओवादीको अगाडी भारी चुनौती रहदै आएको छ । एजेण्डा माओवादीको हुने तर नेतृत्व गर्ने फरक दल ( जसको एजेण्डा होइन ) हुँदा यो व्यवस्थालाइ पटक पटक धरापमा पर्ने सम्माका काम हुँदै आएका छन् ।

हरेक काल खण्डमा राजनीतिक उथलपुथल बनाउने र सही मार्गमा लिने काम समेत कर्णालीले नै लिड गर्दै आएको छ । किनकी कर्णाली जनयूद्धको मार्गनिर्देशक उर्वर भूमि हो । फेरी पनि कर्णालीले एउटा अनुशासन र राजनीतिक इमान्दारिता देखाएर कांग्रेसलाइ सहमती अनुसार सरकारको चापी उसैलाइ नै थमाएको छ । कर्णालीका प्रभावशाली नेता मध्यका नेता तथा अर्थमन्त्री जर्नादन शर्माले रुकुम पश्चिममा दुइ जना मन्त्री बनाएर रुकुम पश्चिमलाइ न्याय गरिसक्नु भएको छ । अब अर्को जनयुद्धको लिडरसिप जिल्लाको रुपमा आफ्नो नाम अग्रणी रुपमा लेखाउदै आएको जाजकोटले पनि यो पटक मन्त्री पद पाएर कर्णाली प्रदेशमा आफ्नो उपस्थिती देखाएमा मात्र न्याय हुँने देखिन्छ ।

जाजरकोटलाइ समेट्दा जनयुद्धलाइ समेत न्याय हुने कुरामा दुइमत छैन । सत्ता साझेदार माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेश इन्चार्ज समेत रहेका शक्तिबहादुर बस्नेतको जिल्लामा मन्त्री उपहार दिएमा स्वयम बस्नेतकै लागि समेत सहयोग पुग्ने देखिन्छ । आर्दशबादी तथा बौद्धिक नेता बस्नेतले कहिले पनि आफ्नालाइ मन्त्री तथा अन्य पदमा सिफारिस गरेको इतिहास छैन । जाजरकोटबासीहरु प्रदेशमा मन्त्री बनाउन बस्नेतले यो पटक भूमिका नखेलेपछि धेरै समय नैतिकताको राजनीति नहुँने समेत बताउँदै आएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुँदा जाजरकोटमा जतीसुकै विपती तथा समस्या पर्दा पनि प्रदेश सरकारले कुनै प्रतिक्रिया दिएको थिएन ।

राजनीतिक न्यूक्तिमा समेत जाजरकोट समेटिएको थिएन । जाजरकोटको बारेकोटमा दर्जन बढी मानिसको मृत्यु हुँदा समेत प्रदेश सरकारले कुनै प्रतिक्रिया दिएको थिएन । जाजरकोटमा प्रदेशको मन्त्री नहुँनुको पीडा सोही समयमा देखिएको थियो । केन्द्रबाट सिधैं शक्ति बस्नेतकै पहलमा सांसद गणेसप्रसाद सिंहको समन्वयमा बारेकोटमा दुइ दिन पछि हेलिकोप्टर उडाएर केही राहत लिइएको थियो । अहिले बारेकोटमा पीडितलाइ घर निर्माणका लागि डिपिआरको काम सकिएकोले घर निर्माणको लागि पहल सुरु भएको छ ।

किन जाजरकोटले मन्त्री पाउनुपर्ने ?
जनयुद्धको उर्वर भूमि जाजरकोट हो । ३ सय भन्दा धेरैले जनयुद्ध कालमा परिवर्तनका लागि बलिदानी दिएको ठाउँ पनि जाजरकोट नै हो । माओवादीबाट प्रत्यक्ष निर्बाचित सांसद गणेसप्रसाद सिंह जनताको घर दैलेमा पटक पटक जाने र विपक्षीलाइ समेत हातमा लिन सक्ने नेतृत्वमा पर्दछन् । अर्का समानुपातीक सांसद कृष्ण शाह समेत हुनुहुन्छ । कर्णाली प्रदेश नेकपा ( माओवादी केन्द्र) का सचिव रामदिप आचार्यको श्रीमती समेत उहाँ हुनुहुन्छ । त्यतिमात्र होइन , राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माका बुहारी समेत शाह हुनुहुन्छ । माया ,रामदिप र कृष्ण एकै परिवारका सदस्य हुन् । भेरी नगरपालिका निबासी उहाँहरुको पालिकमा नेकपा एमालेको नेतृत्वले नगरपालिका चलाएको छ ।

सांसद सिंह जनयुद्धमा कम्युन निर्माण गरिएको जुनि क्षेत्र ( सिर्के) का नेता हुन् । नलगाड नगरपालिका निबासी सिंह जिल्लाको राम्रो पकट राख्ने नेता मध्यमा पर्नुहुन्छ । नलगाड नगरपालिकामा माओवादी सरकार चलेको छ , त्यो पनि बहुमत सहित । अहिले भर्खरै मात्र प्रेस सेन्टरको जिल्ला अधिवेशन समेत नलगाड नगरपालिकामै सम्पन्न भएको छ । नलगाड नै हो जनयुद्धको पहिलो सहिद बन्नबाट सञ्चार सुविधाको अभावमा रोकिएको क्षेत्र । दुइवटा मानबहादुर एकै चिहान बनाएको ठाउँ नलगाड नै थियो , जो अलिखित पहिलो सहित समेत उहाँहरु नै हुनुहुन्छ । सञ्चार सुविधा नहुँदा अघिल्लो समयमा सहादत हुँदाहुँदै पनि पछि पर्नु परेको पीडा नलगाड सँग रहेको छ ।

अब जाजरकोटलाइ फेरी पनि मन्त्री दिएर जनयुद्ध र द्धन्द्ध पीडितको न्याय गर्न सके नेता शक्ति बस्नेत प्रति आम कार्यक्रताले हेर्ने दृष्टिकोण समेत अझै झाँगिने छ । सधैं जाजरकोटले त्याग मात्र गर्ने होइन, केही पाउनुपनि पर्छ । नेता बस्नेतलाइ जाजरकोटले भोट हालेर पठाएका हुन् , फेरी पनि उनै जनताले भोट दिएर पठाउने नै छन् तर नेता बस्नेतले आफ्ना समर्थकलाइ समेत न्याय गर्न सक्नुपर्छ ।

घुकी, धम्कीको राजनीति गर्नेलाइ समेत मिलाएर लिन सक्नुपर्छ । अवसर आउदा अरुलाइ , समस्य पर्दा मात्र कार्यक्रता सँग पुगियो भने त्यसले सधैं परिणाम सकरात्मक नआउन पनि सक्छ । त्यसैले नेता गणेसप्रसाद सिंहलाइ मन्त्री बनाइयोस र शक्तिको शक्ति पनि देखियोस । माओवादी केन्द्रका प्रदेश र राष्टियस्तरका अधिकांश नेता भेरी र नलगाडमै देखिन्छन् । भेरी माओवादीको कम्जोर उपस्थिती भएको पालिकामा पर्दछ । अब भेरीले यो परिचय फेर्न पर्छ । जाजरकोटबाट माओवादी केन्द्रको तर्फबाट शाह र सिंह दुर्ज जना प्रदेशसभा प्रतिनिधित्व गर्नुहुन्छ ।

-अविरल यात्री





error: Content is protected !!