ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु एक घाइते

जाजरकोट , नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका ५ झुल्केडाडामा वुधबार २ बजे दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नलगाड नगरपालिका ५ का ३५ वर्षीय चंकलाल विक , २५ बर्षीय सुरेश खत्री र ६२ बर्षीय बलबहादुर खत्री रहेका छन् । त्यस्तै नलगाड नगरपालिका ८ का १७ बर्षीय विनोद परियार घाइते भएका छन् ।

घाइतेको अवस्था गम्भिर रहेको डिएसपी मधुकुमार थापाले बताए । ट्याक्टर नम्वर भने खुलको छैन । ट्याक्टर मालिक नै चंखलाल चालक भएर चलाएको बुझिएको छ ।





error: Content is protected !!