सामाजिक सुरक्षाभत्ता बुझन जेष्ठ नागरिकलाइ समस्या

हेमन्त केसी
जाजरकोट –  ७१ वर्षीया धनसरी थापा सामाजिक सुरक्षाभत्ता बुझन नातीको सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली स्थित बैंकमा पुगेको बताउनुभयो । उहाँलाइ घरबाट दल्ली पुग्न दुइ दिन लागेको थियो ।

राम्रोसँग टाढा देख्न नसक्ने धनसरीलाइ यसरी दुख दिएकोमा नरमाइलो लागेको लागेको छ । आउदा , जाँदा बाटोमा उहाँका करिव ४ हजार भन्दा बढी रुपैयाँ खर्च भइसकेका छन् । बुढो शरिर , आधाबाटो हिडेरै आएको र आधाबाट गाडीमा आएको भन्दै उनले भने , ‘ घर , घरमा लिएर बुझाएको भए राम्रो हुनेथियो । धेरै दुख पाइने गर्छ । पहिला पहिला घरमै बुझाउथे तर बीचमै आधार रकम आफूले खाएर हामीलाइ दिएको पनि थाहा पाऔँ , बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो ।’

आइतबार विहान आएका यहाँका जेष्ठ नागरिक , एकल महिलाहरुको काम सोमबार समेत पुरा नभएपछि मंगलबार हुने आश गरेको अर्की कुमारी विकले बताए । उनले भने, ‘ हाम्रो छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता बुझाएका थिए , हामीलाइ पनि त्यस्तै गरेको भए राम्रो हुने थियो । आउदा ,जाँदा धेरै दुख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ । ’

नलगाडको सबै भन्दा टाढाको वडाको रुपमा रहेको वडा नं ११,१२ र १३ रहेको छ । डोल्पाको सिमानासँग जोडिएका यि वडामा बसोबास गर्ने सर्वसाधारणलाइ पालिकाको मुकाम सम्मा आउन र जान मात्र दुइ दिन भन्दा बढी लाग्छ । सम्वन्धित व्यक्ति बाहेक अरु आएमा बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफै रकम लिन आउनु परेको अर्का हस्त कामीले बताए । जाजरकोट –डोल्पा सडक खण्डको बीचमा पर्ने यि ठाउँहरु दुर्गम मध्यमा पर्दछन् । सामाजिक सुरक्षा भत्ता बुझन आउने सबै नागरिकलाइ चार ,चार महिनामा दुख बैंक आउदा समस्या हुने गरेको छ ।

नगरपालिकाबाट बितरण हुँदै आएको पोशन भत्ता समेत पुरा नपाएको उनीहरुले बताएका छन् । सधैं पाउनु पर्ने रकम भन्दा १ सय , २ सय रुपैयाँ कम दिने गरेको उनीहरुको आरोप छ । त्यस्तै पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणहरु समेत सदरमुकाम आएर भत्ता बुझने गरेका छन् । जिल्लाको टाढा मध्यको पालिका जुनिचाँदे समेत पर्दछ । पालिकामा बैंक स्थापना नहुँदा सदरमुकाम आएर सबै कारोबार गर्नुपरेको छ ।





error: Content is protected !!