तरुणदल डोल्पाले भन्यो ः गुटगत राजनीति छोडनुहोस

विष्णुप्रसाद देवकोटा
डोल्पा ः जिल्ला नेतृत्वहरु एकमतका साथ अगाडी नबढे आगामी निर्वाचनमा नेपाली कांग्रेस डोल्पाले ठूलो क्षेती व्यर्होने चेतावनी तरुण नेताहरुले दिएका छन ।

अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने मपाई शैली र आचरणका जिल्ला पार्टी नेतृत्वलाई आसन्न दिनमै हुने वडाअधिबेशनबाटै गुटउपगुट त्यागेर एकताको सन्देश दिन तरुण नेताहरुले आग्रह गरेका हुन ।
गुटउपगुटका कारण हिमाली जिल्ला डोल्पामा क्रियासिल सदस्यता विवाद कायमै रहेकाले अझै वडाअधिबेशन भएको छैन ।यसैबीच बुधबार सदरमुकाम दुनैमा नेपाल तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवस मनाएको छ ।तरुण दिवस तथा कार्यकर्ता भेटघाट कार्यक्रम अघि तरुणले सदरमुकाम दुनैबजारमा मोटरसाईकल र्याली समेत निकालेको थियो ।तरुण डोल्पाले आयोजना गरेको आफ्नो स्थापना दिवस तथा भेटघाट कार्यक्रममा जिल्ला स्थित नेपाली काँग्रेस पाटीका कुनै पनि नेताहरुको उपस्थिती रहेको थिएन ।

पछिल्लो समय डोल्पामा तरुण दलका जिल्ला नेतृत्व सहितका केहि कार्यकर्ताहरुले दोधारे चरित्र देखाउन थालेकाले पनि उनीहरु प्रति पार्टी नेतृत्व विश्वस्त देखिदैन ।यसै बीच निमन्त्रणा गर्दा पनि नेपाल तरुण दलको स्थापना दिवस तथा भेटघाट् कार्यक्रममा सहभागीमा तरुणलाई नसम्झने नेतृत्वलाई तरुणले पनि सहयोग गर्न नसक्ने तरुण दलका नेताहरुले बताए । काँग्रेस डोल्पा पार्टी सचिव जयनन्द (जयस) उपाध्याले नेपाली काँग्रेस डोल्पाको नेतृत्वलाई एकता गर्ने प्रयास भैरहेको बताए ।
डोल्पाको नेतृत्वको एकापसको विवाद समाधान गर्न तरुण दलले मुख्य भुमिका खेल्नु पर्ने समेत सचिव उपाध्याले बताए । जव देशमा संकट आउछ अनि तरुण दल अवध्यक पर्ने भएकोले विगतको ईतिहासलाई सम्झदै नेतृत्व वर्गले सोच्नु पर्ने अवस्था आएको तरुण दल डोल्पाका उपाध्यक्ष भिम बोहोराले बताए ।पार्टीमा गुट उपगुट भएता पनि तरुण दलमा भने सवै एकता रहेको उनले दावी गरे ।

यस्तै डोल्पा काठमान्डौँ सम्र्पक समितिका अध्यक्ष कुशल विक्रम शाहीले पनि पार्टी नेतृत्वलाई एकता गर्न आग्रह गरेकाछन ।नेपाली काँग्रेस डोल्पामा गुट र उपगुट भन्ने रोगको अन्त्य नगरे सम्म पार्टी अगाडी नबढ्ने नेपाली काँग्रेस डोल्पाका ठुलीभेरी नगरपालिका ३ का काँग्रेसवाट निर्वाचित वडा अध्यक्ष अर्ण बहादुर न्यौपानेले बताए । नेतृत्व वर्गको व्यक्ती वादी स्वार्थको कारण आफु सहित धेरै कार्यक्रताको क्रियाशील सदस्यता नै गायव भएको भन्दै समयमै नेतृत्वले नसोचे आगामी निर्वाचनमा पार्टीले ठुलो क्षेती ब्यहोर्नु पर्ने चेतावनी समेत न्यौपानेले दिए ।

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय हाशिल गराउन तरुण दलको मुख्य भुमिका हुने भएकाले सवै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्न तर्फ जोड दिनु पर्ने तरुण अध्यक्ष तुलबहादुर बोहोराले बताए ।लामो समय देखि नेपाली काँग्रेस डोल्पाका सभापती अंगद बुढा र केन्द्रिय सदस्य कर्ण बहादुर बुढा समुह बीच पानी वारावारको अवस्था कायमै छ ।





error: Content is protected !!