फोक्सुन्डो ताल जाने क्रममा सुलिगार्ड खोलामा खसेर एकजना बेपत्ता

डोल्पा / फोक्सुन्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगार्ड खोलामा खसेर एक युवती बेपत्ता भएकी छिन्। डोल्पाको दुनैबाट पैदल हिँडेर फोक्सुन्डो जाने क्रममा शे–फोक्सुन्डो गाउँपालिका– ९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बिहान करिब १० बजे सुलिगार्ड खोलामा खसेर ठुलीभेरी नगरपालिका– ३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेना र आफन्त मिलेर खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।





error: Content is protected !!