माओवादी व्यक्तिगत हित हेर्ने स्वार्थ समूह होइन

काठमाडौँ ः माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेतले माओवादी केन्द्र स्वार्थमा हिड्ने समूह नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै नेता बस्नेतले माओवादी केन्द्र स्वार्थमा हिड्ने समूह नभएको बताएका हुन् ।

माओवादी केन्द्र ब्यक्तिगत हित र स्वार्थको निम्ति भौतारिदै हिड्ने मनोवृत्ति वा स्वार्थ समूह होईन, उनले फेसबुकमा भनेका छन्, आधिमय संघर्षको प्रक्रियाभित्र जन्मिएको गतिशील विचार प्रवृत्ति एवम राजनीतिक धार हो।

पछिल्लो समय कर्णालीमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न माओवादीले आनाकानी गरेपछि उसलाई सत्ता स्वार्थीको आरोप लागिरहेको छ । त्यो आरोप शीर्ष तहका नेताहरुमा समेत लाग्न थालेपछि आक्रोशित भएका बस्नेतले फेसबुकमा स्टाट्स लेखेरै त्यसप्रति आफ्नो धारणा राखेका हुन् ।

कर्णालीमा मुख्यमन्त्री बन्ने दाउमा रहेका कांग्रेस संसदीय दलका नेता जीवन शाहीले माओवादी नेताहरुलाई स्वार्थीको आरोप लगाउँदै आएका छन्





error: Content is protected !!