खाद्यान्न अभाव हुने ठाउँमै धान नष्ट भएपछि

नन्दा शाही
जाजरकोट ३ कात्तिक ः उत्पादन गरिएको खाद्यान्नले मुस्क्लिले छ महिना मात्र खाना पुग्ने कर्णालीको जाजरकोट , रुकुम पश्चिम र डोल्पामा आइतबार देखि परेको अविरल वर्षाले भारी क्षती बनाएको छ । भित्र्याउन लागेको धान खेतीमा व्यापक क्षती बनाएपछि यहाँका कृषकहरु भारमा परेका छन् ।

भित्र्याउनका लागि धान काटेर ठिक्क बनाएको समयमा पानी पर्दा सबै धानहरु पानीमा डुवेर कुहिएपछि आफूहरु मारमा परेको रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका बीरेन्द्र बटालाले जानकारी दिए । उनका अनुसार अधिकांश कृषकले धान काटेर भित्र्याउनका लागि तयारी हालतमा राखिएको थियो । एकाएक परेको पानीका कारण सबै बाली डुबेपछि खाद्यान्न अभाव भइरहने यहाँका ठाउँहरुमा झन समस्या उत्पन्न भएको छ । तीन जिल्लामा मकै पछिको धान दोस्रो महत्वपूर्ण बालीमा रुपमा रहेको छ । बाहिरबाट आयत गरिएको चामललाइ विस्थापित गरि आफ्नै खेतबारीमा उत्पादन गरिएको चामलले समस्या टार्दै आएका सर्बसाधारणलाइ यो वर्षाले उठीबास नै लगाएको डोल्पा त्रिपुरासुन्दरी नगरपालिका बगरका विष्णुप्रसाद देवकोटाले बताए ।

हुने र नहुनेको हैसियात एकै ठाउँमा झारिदिएको कृषकले बताएका छन् । खेतबारी नहुनेलाइ खेतबारी हुनेले सहयोग गर्दै आएकोमा त्यो बाटो समेत बन्द भएको भेरी नगरपालिका १ रावतगाउँका मधुकर बादीले बताए । पछिल्लो समयमा नयाँ ,नयाँ जातको धानको बिउ भित्र्याएर भारी मात्रामा धानको उत्पादन वृद्धी गरेका कृषकलाइ वर्षाले नराम्रोसँग क्षती बनाएपछि पीडा थपिएको हो । खाद्यान्न संकट हुने क्षेत्रमा यो वर्षाका कारण चर्को नोक्सान गरेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका कृषकहरुलाइ अब अर्को विकल्प नहुँदा हैरानी भएको हो ।





error: Content is protected !!