खेतबारीमै किसान

जाजरकोट ,  दशैं अगाडी परेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरु खेतबारीमै व्यस्त रहेका छन् । धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरु खेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका बीरेन्द्र बटालाले बताए ।

अघिल्लो वर्ष अलि पछि दशैं परेका कारण सबै खेतीपाती सकेर आरामका साथ मनाउन पाइएको थियो अहिले अगाडी परेका कारण कामको चापसँगै दशैं खेतबारीमै मनाउने परेको बाध्यता उनले सुनाए । धान भित्र्याएसँगै खेत जोतेर गहुँ लगाउने र मकै भित्र्याएपछि खाली भएको जग्गामा गहुँ , तोरी , अन्य तरकारी बाली लगाउनु पर्ने भएकाले कृषकहरु खेतबारीमा जम्ने गरेको हुन् । अहिले खेतबारीमा ढिला गरेमा जग्गामा भएको ओसिलो पन हराएमा अर्को बाली लगाउन मुस्किल हुने भन्दै आफूहरु खेतबारीमा व्यस्त भएको बारेकोट गाउँपालिका ५ का मनबहादुर सिंहले बताए ।

मौसम समेत राम्रो भएकाले अन्नबाली भित्रयउन सजिलो भएको उनको भनाइ छ । बर्ष भरी खाने अन्नलाइ राम्रो सँग भित्र्याउन सकिएन भने त्यसको असर अर्को वर्ष सम्मा पर्ने भएकाले काममा लाग्नु परेको सिंहको भनाइ छ । गोरुद्धारा जोत्ने चलन भएकाले पहाडी जिल्लामा काम छिटो गर्नुपरेको छ । अन्य ठाउँमा प्राविधिको प्रयोग गरेर छिटो भएपनि जाजरकोट , रुकुम र डोल्पाको तल्लो क्षेत्रमा गोरुद्धारा जोत्ने , अन्नबाली माडेर निकाल्ने काम हुने गर्दछ ।

जिल्लाका सबै भन्दा बढी धान उत्पादन हुने दल्ली , कार्यखेत , मैदे रुकुम पश्चिमको चौरजहारी , खोलागाउँ , राडी माझमी लगाएका ठाउँमा अहिले धान बाली भित्र्याउन निकै हैरान भएको छ ।





error: Content is protected !!