डोल्पा कांग्रेस – चियापान कार्यक्रम मार्फत शुभकामना आदान प्रदान

विष्णुप्रसाद देवकोटा
डोल्पा, विजया दशमी छढ तथा दिपावलीको अवसरमा नेपाली काँग्रेस डोल्पाले चियापान कार्यक्रम गरेर शुभकामना आदान प्रदान गरेको छ ।विश्वमहामारीले आक्रान्त पारेको नेपाली र विश्वजगतमा विजया दशमी तथा शुभदिपावली छढ जस्ता चाडपर्वले नेपालीहरुमा आपसी सदभाव एकता शान्ति र भातृत्व कायम गर्न सकोस नयाँ उर्जाका साथ उमंग भर्न सकोस भन्ने सन्देश दिन चियापान कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस डोल्पाले जनाएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले विजया दशमी लगायतका विशेष चाडपर्वको अवसरमा गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमले सम्बन्धलाई विस्तार र नयाँ उर्जाका साथ काम गर्ने हौशला प्रदान गर्ने बताए ।नेपाली काँग्रेस डोल्पाको निकट दिनमै हुने वडा नगर पालिका र जिल्ला अबिधेशनमा एकताको सन्देश दिन सार्थक बनोस र निर्विवादरुपले अबिधेशनमा लाग्न चियापान कार्यक्रम सकारात्मक सन्देश दिने केन्द्रीय सदस्य बुढाको भनाई थियो ।
गत वर्षका विशेष चाडपर्वमा कोरोनाको कारण शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न नपाएको अवस्थामा यो वर्ष कार्यक्रममा सहभागि हुन पाउदा खुशि लागेको सहभागिहरुले बताएका थिए ।नेपाली काँग्रेस डोल्पाका उपसभापति नवराज शाहीको अध्यक्षतामा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस डोल्पाका पुर्वसभासद दुधकुमारी हमाल महासमिति सदस्य गौरीशंकर उपाध्याय ठूलीभेरीनगरपालिकाका उपमेयर योगेन्द्रबहादुर शाही सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपाली प्रहरी नायव उपरिक्षक राजु पाण्डे लगायत विभिन्न राजनीतिकदलका जिल्लास्तरका नेता तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको बाग्लो उपस्थिती रहेको थियो ।










