चामल नहुँदा सदरमुमकामको डिपो बन्द ः प्रतिव्यक्ति १० किलो दिदा पनि पुगेन चामल

हेमन्त केसी
डोल्पा , दशै मनाउनका लागि २१० क्वीटल चामल प्रतिपरिवार १० केजीका दरले बाँड्दा पनि नपुगेर आज देखि डोल्पाको दुनै स्थित डिपो बन्द गरिएको छ ।
चामल नभएपछि सदरमुकाम दुनैको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो बन्द गरिएको कम्पनीका प्रमुख कमलराज पाण्डेले जानकारी दिए । सदरमुकाम देखि बाहिर सबै डिपोहरुमा करिव पाँच महिना देखि बन्द रहदै आएका छन् ।
कर्णाली प्रदेशको सुर्खेत र लुम्विनी प्रदेशको नेपालगन्जबाट आज ३८० क्वीन्टल चामल ढुवानी कार्य सुरु भएको उनले बताए । सो चामल दुनै पुग्न कम्तिमा तीन दिन लाग्ने उनले बताए । सो चामल दुनै पुग्न बित्तिकै वितरण गर्नका लागि आफू ,लगाएत मत्ताहातका कर्मचारीहरु दशैंमा घर नगएर कार्यालयमै बसेको उनले जानकारी दिए ।


दशैंको दिनमा समेत चामल आएमा बितरण गरिने छ । चालू आर्थिक वर्षको चामल समयमा नआउदा अघिल्लो वर्षको मौज्दात एक हजार नौ सय क्विन्टल चामल प्रतिव्यक्ति १० किलो दिएर सकिएको छ । अहिले सम्मा १ हजार मानिसले सो १० किलोको दरले चामल लिएको पाण्डेले बताए । नमुना ढुवानी सेवा र एन्जीला ढुवानी सेवाले ३८० क्वीन्टल चामल आज ढुवानी कार्य गरेको उनले बताए ।
सयौँ व्यक्ति चामल लिन आएपनि चामल नहुँदा रित्तो हाल फर्कीन बाध्य भएको कार्यालय प्रमुख पाण्डेले बताए । आज जुफाल डिपो अघिल्लो वर्ष मौजदात रहेको १५० क्वीन्टल चामल प्रतिव्यक्ति २५ केजीका दरले बाँड्न लागिएको छ । अन्य जिल्लाका ६ डिपो मध्य पाँच डिपोमा चामलको गेडो छैन ।
दैनिक चामलको लागि डिपोमा गएपनि कर्मचारीको अनुहार हेरेर फर्कनु परेको ठुलिभेरी नगरपालिका रुपगाडकी सुनिता शाहीले बताइन । बजारमा चामल छोइ सक्नु छैन , पैसा तिरेर पनि चमल नपाउनु कस्तो देशका नागरिक भएर बस्नु परेको छ उनले भनिन ।

काइगाउँमा ५० क्वीन्टल आएको र त्यहाँ २५ केजी प्रतिव्यक्तिका दरले अघिल्लो वर्ष जगदुल्ला गाउँपालिकामा काम गरे बाफत सो चामल वितरण गर्न लागिँएको छ । त्यहाँ ५५० क्वीन्टल काम गरेबाफत दिने भनि प्रदेश सरकारले अघिल्लो वर्ष नै रकम भुक्तानी गरेको थियो । सो बाफतको अहिले ५० क्वीन्टल मात्र पुगेको छ । गरिव तथा दलित समुदायका लागि मात्र सो चामल उपलव्ध गराउने नीति रहेको थियो । विकास निर्माणको काम गरे बाफत चामल उपलव्ध गराउने नीति लिइएको थियो । जुफाल डिपोमा अघिल्लो वर्षको मौजदात रहेको २०० क्वीन्टल चामल प्रतिपरिवार २५ केजीका दरले बाँडन लागिएको छ ।

अन्य डिपोमा दसैँको मुख आइपुग्दा सम्मा जुफाल, सहरतारा, लिकुलगायत पाँच वटै डिपोमा खाद्यान्न अभाव छ । डोल्पालीले पैसा तिरेर पनि चामल पाएका छैनन् । अघिल्लो वर्षको कैदी बन्दीलाइ दिने चामल मात्र मौज्दात भएकाले वितरण गर्न नसकिएको व्यापार कम्पनीले जनाएको छ । यो वर्ष डोल्पाका लागि चालू आवमा २० हजार क्विन्टल खाद्यान्न स्वीकृत भएको छ ।










