सानीभेरीमा जिप दुर्घटना, एकको मृत्यु

रूकुम पश्चिम –  रूकुम पश्चिमको सानीभेरी गाउँपालिका – ११ अर्मापाखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ३ बजेतिर जिप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका –९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो ।

यात्रु छाडेर फर्किने क्रममा ग १ ज ४४५४ नम्बरको जिप सडकबाट १ सय मिटर तर खसेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ । भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।
दुर्घटनामा परी २ जना घाईते भएका छन् । घाईते हुनेमा सानीभेरी– ३ का १९ वर्षीय समीर परियार र वडा नम्बर १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाईतको अवस्था सामन्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!