बजार अनुगमण गर्दा ः उपभोक्ताका अधिकारका कुरा गर्नेसँगै अखाद्य बस्तु

जाजरकोट – उद्योग बाणिज्य संघले व्यापारीको संरक्षण मात्र होइन , उपभोक्तालाइ समेत म्याद भएका , खाना योग्य बस्तुहरु बजारमा विक्री गर्नका लागि उद्धी जारी गरिहेको हुन्छ तर जाजरकोटमा भने उनै अधिकारका कुरा गरि कहिले नथाक्नेकै पसलमा म्याद गुर्जेका बस्तुहरु बरामत हुन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयको संयोजकमा बिहीबार ,सुक्रबार र शनिबार भएको अनुगमणमा अधिकारका कुरा गर्ने व्यक्तिकै पसलबाट भारी अखाद्य बस्तुहरु बरामत गरिएको छ । उद्योग बाणिज्य संघ नलगाड नगरपालिका नलगाडका पूर्वध्यक्ष धनबहादुर रावल , सदरमुकाममा रहेका उद्योग बाणिज्य संघकै पदाधिकारीको पसलबाट म्याद गुर्जेका बस्तुहरु अनुगमण टोलीले बरामत गरेको छ । उद्योग बणिज्य संघ ,जाजरकोटका अनुसार बाहिर ठुला कुरा गर्ने तर भित्रभित्र व्यापक अनियमितता र गढबढ गर्नेमा उद्योग बाणिज्य संघका नेताहरु नै रहेका छन् । अनुगमणमा दत्र्ता नै नगरी व्यावसाय सञ्चालन गरेको , स्थानीय तहले समेत व्यापारीलाइ कुनै पनि ताकेता नगरेको , एकै पसलमा धेरै थरी सामग्री राखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

राजनीतिक रुपमा आफू जोगिनका लागि स्थानीय तहले अनुगमण ,नियमन तथा छलफल समेत नगरेको पाइएको छ । मुल्यसूची समेत नराखेको पसलै पिच्छे फरक दररेट भएको समेत पाइएको अनुगमणका प्रमुख तथा सहयाक प्रजिअ केसीले बताए । दशै र तिहारको मुखमै जाजरकोट भएर छिमेकी जिल्ला डोल्पा , रुकुम पश्चिम लगाएतका जिल्लामा समेत दैनिक उपभोग्य बस्तुहरु निर्यात गरिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!