मुख्यमन्त्री र वनमन्त्रीलाइ चालिस किलोको माला

जाजरकोट –  जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाइ ४० केजीको मालाले स्वागत गरिएको छ ।

बिरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही , उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाइ भारी माला लगाएर स्वागत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाइ समेत सोही तौलको माला लगाएको छ ।

लाखै रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाइ यत्रो भारी माला लगाएर स्वागत गरेपछि सर्बसाधारण चकित परेका छन् । उत्ता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने सो माला लगाएनन ।





error: Content is protected !!