निजी क्षेत्र र सडक डिभिजनको सहकार्यमा पासागाड – कालेगाउँ सडक सुचारु

जाजरकोट ः भारी पानी परेका कारण अवरुद्ध जाजरकोट -डोल्पा सडक खण्डको जाजरकोट भेरी नगरपालिका पासागाड देखि कालेगाउँ सम्माको सडक सुचारु भएको छ ।

सडक डिभिजन चौरजहारीले जिरो प्वाइन्ट पासागाड देखि र निजी क्षेत्रको सन्तोष निर्माण सेवाका निर्माण व्यवसायी तथा नेकपा ( एकीकृत समाजबादी) जाजरकोट उपाध्यक्ष कमान खड्काले कालेगाउँबाट सडक मर्मत गरेपछि सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देबकोटाले जानकारी दिनुभयो ।

प्रजिअ देबकोटाको समन्वयमा सडक डिभिजन र खड्काले सो सडक मर्मत गर्नुभएको हो ।

सदरमुकाम खलंगाको बाटो रेडक्रमस नजिक भत्किएकाले तल्लो बाटो खुलाएर यात्रुहरुलाइ यात्रामा सहजता ल्याएको प्रजिअ देबकोटाले जानकारी दिनुभयो । यसरी निजी क्षेका व्यक्तिले पनि निशुल्क काम गरी सडक खुलाउन सहयोग गरेकामा प्रजिअ देबकोटाले उहाँलाइ धन्यबाद दिनुभएको छ ।





error: Content is protected !!