प्रशासनकै वैठक छल्दै स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसी

जाजरकोट ः स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले जिल्ला प्रशासन कार्यालयको वैठक नै छल्ने गरेका छन् । स्वास्थ्य सेवा कार्यालय माथी धेरै प्रश्न उठेपछि उनले बैठक छल्ने गरेका छन् ।

प्रत्येक महिनाको ५ गते जिल्ला स्थित कार्यालय प्रमुखहरुको बैठक हुने गर्दछ । जिल्लाको समस्या , काम गर्दा आएका बाधा अडचन लगाएका विषयमा छलफल हुने सो वैठकमा छलफल हुने गरेको छ । तर स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसी असोज महिनाको ५ गते र अघिल्लो महिनाको ५ गते जिल्ला प्रशासनको वैठकमा सहभागी नभएको स्रोतले बताएको छ ।

उनी र उनको कार्यालय माथी लागेको आरोपको विषयमा कुरा उठने भएपछि उनी कार्यालय प्रमुखको वैठकबाट पन्छिएका छन् । बैठकमा किन नआएको भनि प्रश्न गर्दा उनले भुलेर बैठकमा नआएको प्रतिक्रिया दिएको छन् । उनको पछिल्लो गतिविधिका कारण उनी चर्को दबाबमा परेका छन् ।

कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयले समेत उनको विकल्प खोज्ने अन्तिम तयारी थालेपछि समस्या परेको बुझिएको छ । जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरु समेत उनको कार्यशैली प्रति चर्को आलोचना गदै आएका छन् ।





error: Content is protected !!