मरिन्छ छ कि भन्दै विद्यालयमा आउँछन् विद्यार्थीहरु

जाजरकोट – २१ वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको भेरी नगरपालिका –५ साल्टकुरा स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय जिर्ण हुँदा धरापको रुपमा परिणत भएको छ ।

सरोकारवाला निकायले विद्यालयको भवन निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभइ धरापको रुपमा विकास भएको स्थानीयवासीहरु बताउँछन् । राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ । ५ जना शिक्षकहरु कार्यरत विद्यालयमा १५० भन्दा बढी विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन् । वर्षायाममा विद्यालय भत्कने डरले कक्षा कोठामा पढाउने अवस्था नहुँदा खुल्ला आकाशमा पढन ,पाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चन्दले बताए ।

म अध्यक्ष वैशाखमा भएको हुँ , विद्यालय निर्माणका लागि धेरै पटक पालिकामा गएपनि मुस्किलले यो आर्थिक वर्षका लागि २ लाख रकम बिनियोजन गरेको उनले बताए । २ लाख रकम भनेको हातीको मुखमा जिरा भएको उनको तर्क छ । विद्यालयको अवस्था दैनिक दयनिय भएपछि विद्यार्थीहरु पढ्न छाडेर छिमेकी मष्टा आधारभुत बिद्यालय र सरस्वती आधारभुत विद्यालयमा जाने गरेको स्थानीयबासी प्रकास चन्दले जानकारी दिए ।

लामो समय हिडेर छिमेकी विद्यालयमा ज्यान बचाउनकै लागि जानु परेको विद्यार्थी अशोक चन्दले बताए । पानी आए बाहिर पढ्न सकिदैन , कक्षा कोठामा गए विद्यालय भत्किएर मृत्यु हुने डर छ उनले भने । विद्यालयमा खानेपानी ,शौचालय समेत नहुँदा विद्यार्थीहरु हैरान भएका छन् ।

६ कोठे जिर्ण भवन भित्र सबै काम गर्नुपर्दा हैरान भएको अध्यक्ष चन्दले बताउनुभयो । हामी सबै गाउँले मिलेर निर्माण गरेको विद्यालय हो , कसैले हेरेका छैनन् उहाँले थप्नुभयो । उत्ता भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले त्यो विद्यालयमा भव्य समस्या कसरी आयो बुझने बताए । हामीले सबै विद्यालयमा रकम दिएको तर त्यो विद्यालय कसरी छुट्यो नगरप्रमुख घर्तीले बताए ।





error: Content is protected !!