पुरुषस्तरीय वडाअध्यक्ष कप भलिवल प्रतियोगिता,जुफाल युथक्लब र फुल्चिङ युथक्लब फाईनलमा

विष्णुप्रसाद देवकोटा
डोल्पा, ठूलिभेरी नगरपालिका–८ वडा कार्यालय जुफालको आयोजनामा जुफालमा जारी पुरुषस्तरीय वडाअध्यक्ष कप भलिवलको शुक्रवार भएको सेमिफाईनल खेलमा जुफाल युथक्लब र फुल्चिङ युथक्लब फाईनलमा प्रवेश गरेका छन ।

शुक्रवार आयोजक टिम जुफाल र फुल्चिङ युथक्लब वीच भएको सेमिफाईनल खेलमा फुल्चिङ युथक्लबले आयोजक टिम जुफाललाई हराउदै फाईनलमा पुगेको हो ।त्यसैगरी जुफाल युथक्लब र मुड्केचुला युथक्लब वीच भएको खेलमा जुफाल युथक्लबले मुड्केचुलालाई हराउदै फाईनलमा पुगेको छ ।

शनिवार पहिलो र दास्रो स्थानको लागि जुफाल युथक्लब र फुल्चिङ युथक्लब बीच कडा प्रतिस्पर्धामा फाईनल खेल हुने छ ।यसै गरी तेस्रो स्थानको लागि मुड्केचुला युथक्लब र आयोजक टिम जुफाल वीच प्रतिस्पर्धा हुने आयोजक ठूलिभेरी नगरपालिका ८ नं वडा कार्यालय जुफालले जनाएको छ ।

वढाअध्यक्ष कप पुरुषस्तरीय भलिखेलमा विभिन्न स्थानीय तहका १३ ओटा टिमले सहभागिता जनाएका थिए ।जुफाल युथक्लब र मुड्केचुला युथक्लब वीच भएको खेलमा आउट बललाई लिएर एम्पाएरले सहि निर्णय दिननसक्दा केहि समय विवाद हुँदा झण्डै डेढ घण्टा खेल स्थगित भएको थियो ।

खेलमा पहिलो हुनेलाई १ लाख १५ हजार दोस्रो हुनेलाई ७५ हजार र तेस्रो स्थानमा आउनेलाई ५० हजार रुपैया पुस्कार र ट्रफिको ब्यवस्था गरिएको वडाअध्यक्ष हरिप्रसाद डाँगीले जानकारी दिए ।

चारैतीर मकैबारी भिरालो जमिनलाई भर्खरै डोजरले सम्मयाएर बनाइएको ढुङ्गै ढुङ्गा भएको कच्ची खेलमैदानमा भएको खेललाई हेर्न खेलमैदानमा स्थानीय दर्शकहरुको बाग्लो उपस्थिती थियो ।





error: Content is protected !!