प्रतिक्वीन्टल ६ देखि २० हजार तिर्दा पनि पाइदैन डोल्पामा खाद्यान्न

डोल्पा , उत्पादनका हिसाले कम्जोर रहेको डोल्पाका ग्रामीण वस्तीहरुमा यत्तिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरुमा खाद्यान्नको मौज्दात न्युन भएपछि ग्रामीण वस्तीहरुमा खाद्यन्नको संकट भएको हो ।

वर्षायामको कारण बजारहरुमा विक्रि गरिने खाद्यान्नको मुल्य महँगो भएको र सहुलियत दरमा ढुवानी अनुदानमा विक्रि हुने खाद्यन्न नभएपछि ग्रामीण वस्तीका सर्वसाधारण मर्कामा छन । गत आर्थिक वर्षमा जिल्लाको लागि १८ हजार क्वीन्टल चामल विनियोजन भई विक्री भइसकेको खाद्य ब्यवस्था तथा ब्यपार कम्पनी लिमिटेडले जनाएको छ ।

लिमिटेडका डोल्पास्थित प्रमुख कमलराज पाण्डेका अनुसार यत्तिखेर दुनै शाखामा २ सय ५० क्वीन्टल र जुफाल गोदाममा २०९ क्वीन्टल चामल मात्र मौज्दात रहेको छ । मौज्दात रहेको चामल ग्रामीण वस्तीका आर्थिक विपन्न गरिव परिवारहरुमा मृत्यु बाढीपहिरो लगायतका आपत कालिन अवस्थामा वितरणको लागि राखिएको लिमिटेडका प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
नेपाल सरकारले गएको वर्ष माथिल्लो डोल्पाको लागि १ हजार ५ सय क्वीन्टल,तल्लो डोल्पाका सर्मि डिपोको लागि ३०० क्वीन्टल,काइगाउँ डिपोको लागि १ हजार क्वीन्टल,दुनै शाखाको लागि ९ हजार क्वीन्टल र जुफाल गोदाको लागि ४ हजार ५ सय क्वीन्टल गरेर १८ हजार क्वीन्टल चामल विनियोजन गरेको थियो ।

कर्णाली प्रदेशका हुम्ला,मुगु र डोल्पा जिल्लमा नेपाल सरकारले ढुवानी अनुदानमा खाद्यान्न लगायत नून समेत उपलब्ध गराउदै आएको छ । गत आवको चामल विक्री वितरण भई नून मात्रामा मौज्दात रहेको र नयाँ आबको चामल जिल्लामा आपूर्ति भइनसकेकाले खाद्यान्न संकट भएको नेपाल खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । यो आर्थिक वर्षमा डोल्पाको लागि खाद्यान्न कति विनियोजन भयो भन्ने कुरा अहिले नै थाहा नहुने र ढुवानीको ठेक्का स्वीकृत भई जिल्लामा आपुर्ति भएर वितरण भइपछि मात्र थाहा हुने पनि लिमिटेडले जनाएको छ ।

आर्थिक वर्ष ०७८÷०७९ को लागि जिल्लाको लागि खाद्य ब्यवस्था तथा ब्यपार कम्पनी लिमिटेड नेपालगन्ज र सुर्खेतबाट डोल्पा ढुवानीको लागि खोलिएको टेण्डरमा हार्ड कपि अन्तरगत चेतबहादुर शाही प्रोपराइटर रहेको नमूना ढुवानी सेवा तथा जनक बुढाको नाममा रहेको बिसि ढुवानी सेवा छनौट भइसके पनि इविडि टेण्डरको प्रक्रिया नसकिएकाले कसले ढुवानीको जिम्मा पाउने भन्ने अहिले नै थाहा नभएकोले पनि केहि ढिलाई भइरहेको ब्यापार कम्पन लिमिटेड डोल्पाको भनाई छ ।

उपल्लो डोल्पामा गत आर्थिक वर्षको चामल समेत कोरोना कारणले ढुवानी हुननसक्दा आफूहरुले बजारवाट प्रतिक्वीन्टल १६ हजार सम्म मुल्य तिरेर खाद्यान्न खानु परेको छार्काताङसोङ गाउँपालिका –४ का कार्म गुरुङ्गले बताउनुभयो ।“ हामिले त गत वर्ष देखि नै खाद्यन्न पाएका छैनौ ।प्रति क्वान्टील ५ हजारमा पाइने चामल १६ हजार सम्म तिरेर खानु परेको छ ।”

खाद्य ब्यवस्था तथा व्यपार कम्पनी लिमिटेका प्रमुख पाण्डेका अनुसार मध्य डोल्पाका काइके गाउँपालिकाको शहरतारामा कामको लागि खाद्यन्न कार्यक्रम अन्र्तगत ३ सय ५० क्वीन्टल त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा ११ सय ५० क्वीन्टल लिकुको लागि २२१ क्वीन्टल र ल्हाँ फुल्चिङको लागि २२१ क्वीन्टल चामल सम्बन्धित पालिकामा पुर्याइ सकिएकोले केहि हद सम्म खाद्यान्नको अभावलाई हटाउने भएपनि माथिल्लो डोल्पाका जनताका लागि समस्या भएको खाद्य व्यापार कम्पनीका प्रमुख पाण्डेको भनाई छ ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले ढिला गरी टेण्डर खोल्ने र टेण्डर खोल्ने समय बर्षातको मौसम भएकाले पनि ढुवानीमा ढिलाई हुँदा खाद्यन्न समस्या पर्ने गरेको जिल्ला खाद्य ब्यवस्था समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताउनुभयो ।

नेपाल सरकारको ढुवानी अनुदानमा उपलब्ध हुने मोटो अरुवा चामल प्रतिक्वीन्टल ३ हजार ५ सय देखि ४ हजार सम्ममा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडबाट प्राप्त गर्छन भने सोही चामल सर्वसाधारणलाई बजारमा किन्दा बस्ती र भूगोल अनुसार ६ देखि २० हजार सम्ममा मुल्य तिरेर खानु पर्ने बाध्यता छ ।





error: Content is protected !!