बारेकोटमा खाद्य बैंक स्थापना

जाजरकोट ः जाजरकोटको बारेकोट गाँउपालिकामा सामुदायिक खाद्य बैंक स्थापना गरिएको छ। बारेकोट गाँउपालिकाको समन्वय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सामुदायिक खाद्य बैंक सञ्चालनमा ल्याएको हो।

बारेकोट गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत गोविन्द बहादुर सिंह र विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण थापाले सयुक्त रुपमा सामुदायिक खाद्य बैंकमा खाद्य भण्डारण गरी गाउँपालिकाका अति विपन्न तथा जोखिममा परेका तीन परिवारलाई खाद्यान्न उपलब्ध गराएर खाद्य बैकको शुभारम्भ गरेका हुन।

हाल खाद्य बैक दुई सय ५० केजीबाट शुरु गरिएको छ। केही दिनभित्रै चार सय पचास क्वीन्टल चामल मौज्दात गरिने भएको छ। खाद्य बैकका लागि विश्व खाद्य कार्यक्रमले चार कोठे पक्की भवन समेत निर्माण गरिदिएको छ। खाद्य बैंकबाट बारेकोट गाँउपालिका वडा नं ५ का मोतीलाल कामी र मिना कामी तथा वडा नंं २ की पशुपति रोकायलाई बैंकमार्फत प्रति परिवार ३० के।जीका दरले खाद्य सहयोग गरिएको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक थापाले बताए।

प्राकृतिक जोखिमका कारण सृजित समस्याले उत्पन्न गर्न सक्ने खाद्य असुरक्षाको अवस्थालाई तत्काल समाधान गर्न तथा खाद्य असुरक्षाको जोखिममा रहेका अति विपन्न, दलित, जनजाती, एकल महिला र अन्य नागरिकलाई संविधानले प्रदत्त गरेको खाद्य अधिकार समेतलाई सम्बोधन गर्ने गरी बारेकोट गाउँपालिकामा सामुदायिक खाद्य बैंक स्थापना गरिएको संयोजक थापाले बताए।

सामुदायिक खाद्य बैंकको दिगो सञ्चालन तथा व्यवस्थापनका लागि गाउँ कार्यपालिका बाट ुसामुदायिक खाद्य बैंक स्थापना, सञ्चालन तथा व्यवस्था कार्यविधी २०७८ पारित गरिएको प्रमूख प्रशासकिय अधिकृत गोविन्द बहादुर सिंहले जानकारी दिए।

कार्यविधीले निर्देशित गरे बमोजिम आगामी दिनमा सामुदायिक खाद्य बैंकमा खाद्य व्यवस्थापनका लागि व्यक्तिगत चन्दादाता, संस्थागत चन्दादाताहरुबाट पनि सहयोगको लागि अपिल गरिने र गाउँपालिकाले पनि बार्षिकरुपमा बजेट व्यवस्थापन गरी सामुदायिक खाद्य बैंकलाई निरन्तरता दिइने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए। हाल बारेकोट गाउँपालिकाको विभिन्न ठाँउमा खसेको पहिरोले यातायात अबरुद्ध भएको छ। यातायात अवरद्ध हुँदा खाद्यान्न ढुवानीमा समेत समस्या परिरहेको छ।

गाउँपालिकामा खाद्य बैंक स्थापना भए सँगै प्राकृतिक विपदका कारण हुन सक्ने शिघ्र खाद्य असुरक्षाको अवस्थालाई तत्काल समाधान गर्न सकिने गाउँपालिकाले जनाएको छ।

सम्भवत नेपालमै पहिलो पटक बारेकोट गाउँपालिकाले सामुदायिक खाद्य बैंकको अवधारणा अघि सारेको प्रवाहमा खवर छ ।।





error: Content is protected !!