अमेरिका पछि चिनियाँ राजदूतको दौडधुप सुरु, प्रचण्ड भेटेर पुगिन नेपाल निवास

काठमाडौँ ः सत्तारुढ दलका शीर्ष नेताहरूलाई भेट्ने क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपाल निवास कोटेश्वर पुगेकी छन् । उनी मंगलबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेकी हुन् ।

राजदूत यान्छीले आजै बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी थिइन् । प्रचण्डलाई भेटेलगत्तै उनी सीधै नेपाल निवास पुगेकी हुन् ।

नेपाल सरकारले चीनसँग सीमा समस्या रहेको भन्दै अध्ययन समिति बनाएको र अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०का बारेमा बुझ्न शीर्ष नेताहरूलाई भेट्न पुगेकी हुन् । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार फर्किएसँगै उनले शीर्ष नेतालाई भेट्न दौडधुप गरेकी हुन् ।

उनले उपाध्यक्ष सुमारको भ्रमणबारे समेत बुझ्ने भएकी छन् ।





error: Content is protected !!