२० वर्ष अघि अमेरिकामा भएको ९/११ हमला

काठमाडौं,  आज सेप्टेम्बर ११ / २० वर्ष सन् २००१ मा भएको यो हमलालाई ९ / ११ चिनिन्छ । आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काइएका थिए । अमेरिकामा भएको भनिएको ुआतंकवादीु हमलामा ३ हजार ३३८ ले ज्यान गुमाएका थिए । यो हमलमा न्यूयोर्कस्थित ट्विन टावरमा यात्रुवाहक विमान ठोक्काएर ध्वस्त पारिएको थियो । यो हमलामा मानिन्युयोर्कमा २ हजार ७५०, पेन्टागनमा १४८, पेन्सलभानियामा ४० र अन्य ४०० प्रहरी तथा अग्नीशामकसहित कुल ३ हजार ३३८ जनाको मृत्यु भएको थियो ।

त्यसपछि अमेरिकाले वार अन टेररु नामक आतंकवादविरुद्ध अभियानु नै सुरु गरेको थियो ।

आक्रमणको एक महिना नबित्दै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरेका थिए । सन् २०११ मा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो।

११ सेप्टेम्बर हमलाका आरोपित योजनाकार खालिद शेख महमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो। त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् र अझै पनि अभियोजनको पर्खाइमा छन्।

आफ्नो देशमा हमला भएपछि अमेरिकाले विमानस्थल र विमानको सुरक्षा बलियो बनाउन ट्रान्सपोर्टेशन सेक्यूरिटी एड्मिनिस्ट्रेशन नामक छुट्टै निकाय स्थापना गरेको थियो ।





error: Content is protected !!