कार्य सम्पादन मुल्याङ्कणमा जाजरकोट दोस्रो

जाजरकोट ः गृह मन्त्रालयको बार्षिक कार्य सम्पादन मुल्याङ्कणमा जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो भएको छ । गृह सचिब र प्रमुख जिल्ला अधिकारी बीच गरिएको करार बार्षिक सम्झौता अनुसार कार्य सम्पादन मुल्याङ्कण जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो भएको हो ।

आव २०७७/ ०७८ मा गृह सचीब र प्रजिअ बीच गरिएको करार बार्षिक सम्झौता अनुसार कार्य सम्पादन मुल्याङ्कण गरिएको थियो । मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्याङ्कण महाशाखाबाट गरिएको मुल्याङ्कण अनुसार जाजरकोट जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मुल्याङ्कणमा दोस्रो भएको हो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन समन्वय तथा सदाचार र आर्थिक अनुशासन गरी ६ वटा बिषयगत क्षेत्रमा गरिएको मुल्याङ्कणमा जाजरकोट जिल्ला प्रशासन कार्यालय दोस्रो भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिएका छन् ।

प्रजिअ देवकोटाले दिएको जानकारी अनुसार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्याङ्कण महाशाखाले झाँपा, अर्घाखाँची र रुकुम पूर्व गरी ३ वटा जिल्ला प्रशासन कार्यालयलाई अतिउत्कृष्टमा राखेर पहिलो बनाएको छ । जाजरकोट, हुम्ला, कालिकोट, चितवन, पर्वत, संखुवासभा, गोरखा, ललितपुर, रुकुम पश्चिम, गुल्मी, स्याङजा, सोलुखुम्बु, लमजुङ र बागलुङ गरी १४ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मुल्याङ्कणमा उत्कृष्ट भएर दोस्रो स्थान हासिल गरेका छन् ।

त्यसैगरी सुर्खेत, रौतहट, धनकुटा, सिन्धुली, मकावानपूर, रामेछाप, तनहुँ, भोजपुर, खोटाङ्क, नुवाकोट, इलाम, रसुवा, ईलाम, जुम्ला, मनाङ, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र उदयपुर गरी १८ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मुल्याङ्कणमा उत्तम भएर तेस्रो स्थान हासिल गरेका छन् । सल्यान, सुनसरी, म्याग्दी, प्युठान, बारा, कास्की, दाङ्ग, दार्चुला, सिराह, महोत्तरी, रुपन्देही, रोल्पा, मुगु, अछाम, बझाङ, मुस्ताङ, बैतडी, नवलपरासी (सुस्ता पूर्व), धनुषा, भक्तपुर र धादिङ गरी २१ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मुल्याङ्कणमा मध्यम भएर चौथो स्थान हासिल गरेका छन् ।

त्यसैगरी पाल्पा, दोलखा, कञ्चनपुर, बर्दिया, सिन्धुपाल्चोक, कैलाली, डोटी, सप्तरी, बाँके, काठमाडौं, नवलपरासी ९सुस्ता पश्चिम०, कपिलबस्तु, पर्सा, काभ्रेपलान्चोक, मोरङ, बाजुरा, दैलेख, डडेलधुरा, डोल्पा, तेह्रथुम र सर्लाही गरी २१ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मुल्याङ्कणमा न्युन भएर पाँचौ स्थान हासिल गरेका छन् ।





error: Content is protected !!