राजनीतिले थलिँदै जाजरकोटको स्वास्थ्य -उपचार भन्दा राजनीति तीर ध्यान

सञ्जय केसी
जाजरकोट ,  स्वास्थ्य सेवा कार्यालय , जाजरकोटमा दैनिक जाने विरामीहरु उपचारको नाममा सास्ती बढी भोग्नु परेको छ । त्यहाँ रहेका केही स्वास्थ्यकर्मीको रुखो व्यवहार र कार्यालय प्रमुख टिकाराम न्यौपानेको कम्जोर नीतिका कारण विरामीहरु मारमा पदै आएका छन् ।

५० शैयाको अस्पतालमा अहिले सम्मा भरपर्दो एक्सरे सम्मा छैन । १० जना डाक्टरहरु अस्पतालमा काम भन्दा पनि गुटबन्दी गर्नमै दिन बिताउने गरेको आरोप लाग्दै आएको छ । कार्यालय प्रमुख न्यौपाने कार्यालयमा नहुँदा प्रशासन शाखाको सुब्बा निर्मित अथवा काम काज गर्नुपर्ने भएपनि डाक्टरलाइ निर्मित दिनु र सोही डाक्टर कार्यालयमै रहदा अर्का प्रदेशले करारमा पठाएका डाक्टरले निर्मित लेखेर काम गर्दा काम भन्दा बढी बिवाद बढीरहेको छ । कार्यालयमा के हुन्छ भन्ने सामान्य कुरा प्रशासनका सुब्बालाइ थाहा नहुँने गरेको छ ।

कांग्रेस निकटलाइ मात्र राम्रो काम , उचित ठाउँ दिन तल्लिन कार्यालय प्रमुख न्यौपाने कार्यालय सूचना प्रकाशित गर्न समेत कांग्रेसकै सल्लाह लिने गरेको पाइएको छ । कार्यालयको नियमित कामको लागि भर्ना गरिने कर्मचारी समेत विज्ञापन नै नगरी भित्रभित्र दलकै एजेन्टहरु न्यूक्ति गर्न न्यौपाने सफल भएका छन् ।

कोभिडमा खटिएका स्वास्थ्यकर्मी भन्दा निमाजती कर्मचारीलाइ भत्ता दिएपछि बिवादमा आएका न्यौपाने पछिल्लो समय काम भरी राजनीतिक शक्ति आर्जन कसरी गर्न सकिन्छ भन्नेमा बढी चासो दिन थालेको त्यहाँका कर्मचारीहरु बताउँछन् ।

स्वास्थ्य सेवा कार्यालय राजनीति गर्ने मुख्य थलो भएको अधिकांश कर्मचारीहरु आरोप लगाइरहेका छन्् । हरेक काम कुनै , न कुनै स्वार्थ नहुँजेल नगर्ने , गरि हालेपनि नाफा र घाटाको व्यापार गर्दा स्वास्थ्य सेवा कार्यालय लथालिङग भइहेको पाइएको छ । यस्ता खालका गतिविधिले कर्मचारीबीचमा बोलचाल नै बन्द भएको पाइएको छ ।

निर्मित भएर स्वास्थ्य सेवा चलाएपनि न्यौपानेको कार्यशैली पक्षपाती हुँदा आफूहरु काम गर्न नसक्ने अवस्थामा पुगेको कर्मचारी बताउँछन् । कर्मचारीले जिल्लाको स्वास्थ्य अवस्था जति सुधार हुनुपर्ने हो त्यो गतीमा जान नसकेको आरोप लाग्दै आएको छ । प्रदेशका मन्त्रीको सचिवालयबाट आएको चिठीलाइ नै आधिकारिता दिएर अगाडी बढ्न थालेपछि नसिङ स्टापहरु आन्दोलनमा उत्रिने सम्मको घटनाहरु स्वास्थ्य सेवा कार्यालयमा भएका छन् ।

विरामीको उपचार नगर्ने डाक्टर माथी छानविन हुनुपर्ने माग सहित लेखिएको निबेदन माथी समेत निर्मित प्रमुख न्यौपानेले एक शव्द छलफल गर्न सकेका छैनन् । कार्यालय प्रमुख न्यौपानेले कुनै समन्वय नगरी आफनै तालमा अगाडी बढ्न खोज्दा स्वास्थ्य सेवा कार्यालय पुरै समस्यामा परेको कर्मचारीहरु बताउँछन् ।

डाक्टरहरुले कार्यालय प्रमुख न्यौपानेलाइ नटेर्दा काम नै लगाउन नसक्ने अवस्था पुगेको त्यहाँका कर्मचारीहरु बताउँछन् । प्रमुख जिल्ला अधिकारी प्रेम देबकोटासँग समेत डाक्टरले नटेरेको गुनासो न्यौपानेले पटक , पटक सुनाएका छन् । स्वास्थ्य सेवा कार्यालयबाट हुँने बिभिन्न ठेक्कामा समेत पुरै मिलेमत्तो भएर काम दिदा कुनै काम पनि दिगो नभएको कर्मचारीहरु बताउँछन् । नाम नवताउने सर्तमा एक कर्मचारी भन्छन् , ‘यहाँ त पुरै प्लानका अनुसार मात्र हुने गर्छ , कि हामी यो स्वास्थ्य छोड्नुपर्छ कि त उहाँले छोड्नुपर्छ । ’

कोभिडको लागि आएको खर्च समेत पारदर्शी नभएको उनीहरुको आरोप छ । अक्सिजन पलान्ट अघिल्लो वर्ष नै खरिद हुने सम्भावना भएपनि कर्यालय प्रमुख न्यौपानेकै असहयोगले अन्तितम आएर रद्द भएको उनीहरुको भनाइ छ । पूर्व गृहमन्त्री तथा माओवादी नेता शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोट भएकै कारण उहाँलाइ असफल बनाउका लागि अनेक उपाय रचेर काममा ढिला सुस्ती गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

कार्यालय प्रमुख काम भन्दा पनि नेतालाइ असफल बनाइ राजनीतिक रुपमा असफल बनाइ काम नभएको भनि परिणाम जनताको माझमा गलत सन्देश दिन उद्धत रहेको कर्मचारीहरु बताउँछन् ।

अस्पताल व्यावस्था पन समितिकी अध्यक्ष धर्मशिला बस्नेत हुँदा पनि कार्यालय प्रमुखले पुरै असहयोग गरेर काम नगर्दा धेरै काम असफल भएको गुनासो हुँदै आएको थियो । काम भन्दा पनि कहाँबाट कमिसन आउँछ, त्यता मात्र ध्यान गएको कर्मचारीहरु बताउँछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!