दरमा के खाने, के नखाने ः कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?

नेपाली हिन्दू नारीहरूको महान चाड तीज अन्तर्गत आज बिहीबार दर खाने दिन। तीजको पहिलो दिन महिलाहरूले माइती पुगेर दर खाने नेपाली प्रचलन छ।

सामान्यतया तीजको दिन व्रत हुने भएकोले अघिल्लो दिन राति दर खाने प्रचलन छ ।

तीज आउँदा दर त खानै पर्‍यो । तर स्वास्थ्यमा ध्यान नदिने हो भने बिरामी पर्न सकिन्छ । सामान्यतया चाडपर्वको बेलामा खाँदा ध्यान पुर्‍याइएन भने विभिन्न समस्या आइपर्न सक्छ ।

त्यसमा पनि दर खाने र व्रत वस्ने भएपछि यसमा विशेष ध्यान पुर्‍याउन आवश्यक छ । तीजमा पानी पनि नखाई व्रत वस्ने पुरानो परम्पराका कारण धेरै महिला ‘डिहाइड्रेसन’ को शिकार बन्ने गरेका छन् ।

पानी पनि नखाने तर नाच गानमा श्रम खर्च गर्दा विभिन्न समस्या आउँछ । जसका कारण ज्यानै जान सक्छ । तसर्थ तीजको खानपान र व्रतमा निकै ध्यान पुर्‍याउन आवश्यक छ ।

दरमा के खाने, के नखाने ?

१। दर खान बनाइने मिठा परिकारहरूमा धेरै चिल्लो हाल्नु हुँदैन । चिल्लो पर्दाथमा कोलष्ट्रलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई राम्रो गर्दैन ।

२। दर खाने भन्ने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ । तर यसरी मात्रा नमिलाई खाँदा शरीरले एकैपटक पचाउन सक्दैन त्यसैले शरीरलाई चाहिने मात्र खानुपर्छ ।

३। दरमा खीर, अचार, विभिन्न किसिमका तरकारीहरूको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ । धेरै किसिमका परिकार बनाउदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ । परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ ।

४ आजभोलि विभिन्न ठाउँमा सामुहिक रुपमा दर खाने कार्यक्रमहरू नै आयोजना गरिएको हुन्छ । यसरी सामुहिक रुपमा खाने दरमा ‘फुड पोइजन’ हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म घरमै बनाएको दर खाँदा राम्रो हुन्छ ।

५। दर खाने नाममा आजभोलि महिलाहरू रक्सी ९अल्कोहल० पनि खान्छन् । अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन । र, दुर्घटनामा समेत पर्न सकिन्छ ।

यी त भए दर खाँदा ध्यान दिइनुपर्ने विषय । दर खाँदा मात्रै होइन व्रत बस्दा पनि ध्यान दिनुपर्छ । व्रत बस्दा ध्यान दिइएन भने ज्यानै जान पनि सक्छ । तीजमा विवाहित महिलाहरू पतिको दीर्घायुको लागि र अविवाहितहरू राम्रो र असल पतिको कामनामा निराहार व्रत वस्छन्।

अघिल्ला वर्षहरूमा तीजमा व्रत बस्दा महिलाहरूको ज्यान समेत गएको थियो । विशेष गरी सुगर र प्रेसरका रोगीहरूले व्रत बस्दा उनीहरूलाई खतरा हुन्छ । नियमित औषधि प्रयोग गर्ने महिलाहरूले व्रतको दिन औषधी समेत नखाँदा उनीहरूको स्वास्थ्यस्थितिमा नराम्रो असर समेत आउन सक्छ ।

कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने रु

१। नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निराहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाइ व्रत बस्दा उनीहरूको ज्यान पनि जान सक्छ ।

२। यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफुल खानुपर्छ र औषधी त छुटाउनै हुँदैन ।

३। शरीर कमजोर हुनेहरूले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरूले व्रत नबस्दा ठिक हुन्छ ।

४। तीजमा व्रत बसेका महिलाहरू मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाइनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।

५। तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र नाच्नुपर्छ । धेरै नाच्दा रिँगटा लागेर बेहोस हुने सम्भावना हुन्छ । जसका कारण स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ ।





error: Content is protected !!