शाही र सिंहलाइ उत्कृष्ट कर्मचारीको रुपमा सम्मान

जाजरकोट , –  निजामती सेवा दिवसको अवसरमा भेरी खवर मिडियाद्धारा दुइ जना कर्मचारी सम्मान गरिएको छ ।
सम्मान हुनेहरुमा खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाही र नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह रहनु भएको छ । उनीहरुलाइ प्रमाणपत्र र जनही १० हजार रुपैयाँ दिइएको भेरी खवरका अध्यक्ष नन्दा शाहीले जानकारी दिइन् ।


प्रमुख जिल्ला अधिकारी प्रेम देबकोटाले सो प्रमाणपत्र शाही र सिंहलाइ हस्तान्तरण गरेका थिए । सामाजिक सञ्जाल र सरोकारवाला निकायको सुझावका आधारमा उनीहरुलाइ सम्मान गरिएको अध्यक्ष शाहीले बताइन् ।

 

 




सम्बन्धित समाचार


error: Content is protected !!