डोल्पाका जनप्रतिनिधिलाई माधव नेपाल नेतृत्वको पार्टीमा लाग्न सांसद बुढा र शाहीको अपिल

डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा र केन्द्रीय सदस्य हंशबहादुर शाहीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न आग्रह गरेका छन्।

नेकपा (एमाले)सँग आवद्ध भएर स्थानीय तह तथा प्रदेशमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, कम्युनिस्ट पार्टीमा आस्था राख्ने जिल्लाका सम्पूर्ण नेता, कार्यकर्तालाई नेपाल नेतृत्वको पार्टीमा आवद्ध हुन मंगलबार प्रेस वक्तव्य निकाल्दै सामूहिक अपिल गरेका हुन्।

नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा, पुनर्गठन र रुपान्तरणका लागि नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनै सक्षम भएको कुरा वक्तव्यमा उल्लेख गरिएको छ।

त्यतिमात्र नभई नेता नेपाल देशको संविधान,लोकतन्त्र र पाप्त उपलब्धिको रक्षा गर्नुका साथै पार्टी भित्रको आन्तरिक लोकतन्त्र,राष्ट र राष्ट्रियताको पक्षमा वकालत गर्न सधै प्रतिवद्व भएको प्रष्ट पारिएको छ।

नेता शाही नेकपा (एमाले) फुटेर बनेको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य समेत हुन्। देशको संविधान,पार्टीको विधान र कार्यकताको मनोभावना विपरीतका कार्यहरुमा लगाम लगाउन नसकेकै कारण झन्डै दुई तिहाइको पार्टी फुटेर प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनेको शाहीको भनाई छ।

नेकपा एमाले डोल्पाका संस्थापक नेता समेत रहेका शाही र डोल्पाको राजनीतिको स्ट्राइकरको रुपमा पूर्व राज्यमन्त्री बुढा र कर्णाली प्रदेश सभा सदस्य तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा समेत नेपाल नेतृत्वको पार्टीमा लागेपछि डोल्पामा नेकपा (एकीकृत समाजवादी) नै बलियो रहेको बताईन्छ।




सम्बन्धित समाचार


error: Content is protected !!