राडीपाखीजस्तै ऊनी रहेको छेञ्जोंङको जीवन

मुगु – कालो कपाललाई विस्तारै सेतोले छोप्दैछ । रातो टिर्सट, घाँटीमा पहेँलो गेडीको माला । छेउमा छन् ढुंगा र काठले अड्डाइएको चान । त्यहीँ चानमा बुन्छिन्, राडीपाखी ।

६० वसन्त पार गरेकी कार्मा छेञ्जोंङ लामाले यसरी नै वितिरहेछ । मुगुमकार्मारोंग गाउँपालिका – ८ माँग्रीकी उनी बिहान १० नबज्दै कौसीमा पुगिसक्छिन् ।

‘के गर्नु राडी नबुनी छाक टर्दैन्,’ बुढ्यौलीमा सक्रिय उनले भनिन्, जीवन नै यही काममा वितेको छ ।’ यही सीपबाट मासिक पाँच÷१० हजारसम्म कमाइ हुने गरेको उनले सुनाइन् ।

माँग्री गाउँमा लामा समुदायको बाहुल्य छ । यहाँका भोटे महिलाको दिनचर्या राडी बुन्नमा वित्छ, जुन उनीहरूको परम्परागत पेशा हो ।
एउटा राडी बुन्न दुईरतीन दिन लाग्छ । भेँडा, बाख्रा र च्याङ्ग्राको रौंबाट राडी,पाखी बन्छ । तेन्जोङ लामाको दिनचर्या पनि राडीपाखी बुनेरै वित्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!